Monday, June 1, 2020

प्रेम पत्र !!

पृय.....
सपनाहरू यथार्थपरक हुन्छन् । हामी भित्री आत्मा देखि नै जे चाहन्छौं त्यो छर्पष्ट सपनामा देख्छौ । हामी जे छर्पष्ट देख्छौ त्यो सपनामा बुन्छौ ।  अनि त्यो सपानाले हाम्रो सारा शरीरमा एकतमास राज गर्छ ।  उक्त बुनेका सपनाहरू पूरा गर्न हामी संघर्षरत हुन्छौ । पूरा नहुदा सम्म भैरहन्छौ । संघर्षका क्रममा हुने अनगिन्ती कठिनाइहरुको सामना गर्छौ । सामना गर्ने क्रममा हामी थकाइ महसुस गर्छौ । गाह्रो महसुस गर्छौ । तर पनि आफुने बुनेका सपनाहरू प्रति कटिबद्ध हुन हरदम कोसिस गर्छौ ।

हर कोसिसलाई सकारात्मक नतिजामय बनाउन चाहन्छौं । त्यही नतिजामा आफ्नो सपनाहरू साकार भए पश्चात् हुने सन्तुष्टिमा रमाउन चाहन्छौं ।  उक्त सन्तुष्टिको परिकल्पना पहिल्यै गरिसकेका हुन्छौं  । परिकल्पनालाई आफ्नै सामुन्ने कल्पना बनेको पल कति रमाइलो हुदो हो ? 
म त्यही कल्पनाका पलहरु स्पर्श गर्न चुके । कोसिसलाई  नतिजामय बनाउन सकिन । म माफी चहान्छु । 

No comments:

Post a Comment

Thanks !!

Thank you for visiting.

Pilot sole survivor of Nepal plane crash that killed 18

  At least 18 people were killed after a small plane skidded off the runway in Nepal’s capital Kathmandu on Wednesday, local officials said....