Saturday, October 7, 2017

आखिर नदि न परि ।।



              विशाल डाँडाहरु छन । डाँडाका टुप्पाहरु कैचींले मुडेका बाख्राको शरिर जस्तै फुस्रा छन । तिनै विशाल डाँडाको ठिक विचमा डर लाग्दा खोचहरु देखिएका छन । उक्त खोचहरुबाट तलतिर कतै गुफा त कतै चौरीगाईको पुच्चर झै घना जंगल सुरु भएको छ । म तिनै फुस्रा डाँडाहरुमा पुग्ने विराट लक्ष्य लिएर गोरेटो खोजिरहेकोछु । कयौं, कलमको धर्कोसंग मेल खाने मसिना गोरेटाहरु छन । डाँडामा पुग्ने संभावना बोकेको एउटा गोरेटो पछ्याउँदै म अगाडी सरिरहेको छु । सल्लै सल्लाले भरिएको सल्लाघारी र भोजपत्रको झारीले मेरो शरिरमा भल्किएको गर्मीलाई छायाद्वारा सान्तवना दिइरहेकाछन । म पसिना पुछ्दै आफ्नै रफ्तारमा कुदिरहेको छु । जंगलमा भएका गोरेटाहरु विस्तारै विलिप हुन खोज्दैछन । मानौ, अस्ताउदै गरेको सुर्यको किरण गाएप भएझै । कपाल कोर्दा बनाउन नजानिएका सिउँदा जस्ता गोरेटाहरु जंगलको बिचैमा नित्रिदैछन । तर मलाई समस्या अनुभुती भएको छैन । किनभने उकालो नित्रुन्जेल हिडेपछि डाँडामा पुग्ने कुरामा म ढुक्क छु । 

हिँडाइले थकित र गर्मीले जिउँ असि¬ना पसिना भएको छ । म लामो यात्रा पछि डाँडामा पुग्छु । हिड्दा भएको गर्मीलाई डाँडामा चलेको वतासले मिठास दिइरहेकोछ । डाँडाबाट देखिने वरपरका मनोरम दृष्यले समयलाई अति छोटो पार्न खोजीरहेका छन । आखा बटार्दै म देखिएका दृष्यलाई नियालिरहेको छु । डाँडाहरुको सबैभन्दा गहिरो खोजमा एउटा नदि बगिरहेको छ । नदिको रङ र आकासको रंङमा केहि फरक छैन । गाढा निलो छ । आकासमा भने सेतो बादलका टुक्राले बुट्टा थपिरहेका छन । सीहंले लखेडिएका जेब्ब्रा झै हुरीद्वारा बादलका टुक्रा लखेडिएका छन । धेरै परेवाहरुसगैं उडिरएका छन । संगै उड्दा बनेको परेवाहरुको आकार आनन्द लाग्दो छ । बल्ल एउटा भ्रमबाट यो मन मुक्त भएको आभास हुदैछ । परेवा साच्चै शान्तीको प्रतिक हो । त्सैले त्यो ठाँउ साह्रै शान्त छ । न्यायमा पनि शान्त हुन्छ । अन्यायमा पनि शान्त हुन्छ । भोकमारीमा पनि शान्त हुन्छ । हुन त नेपाली भाषाको उद्यम थलो हो । त्यँहीभाषा त्यहाँबाट बोल्दा सिहंहरुको झ्यालखाना सिहंदरबारले बुझ्दैन । डाँडामा बसेर अड्कल लगाए । नबुझेरै पिछडिएको छेत्र नाम तक्मा दिएको हुनुपर्छ । 

मैले स्वच्छ आकाससंग तुलना गरेको निलो रङ भएको नदि कर्णाली हो । मेरो कर्णाली नदिलाई जुन नामले पनि नामकरण गर्न मिल्छ । आखिर नदि न परी । नेपालको लामो नदि कर्णाली, स्वच्छ नदि कर्णाली, निलो नदि कर्णाली, पिछडिएकी नदि कर्णाली, नेपाल जलस्रोतमा धनी हुनुमा ठुलो योगदान दिएकी नदि कर्णाली, जलविधुतमा भने थोप्पा पानी प्रयोग गर्न नसकेकी नदि कर्णाली । अमुल्य जडिबुडीको विस्तारामा आनन्द पल्टिरहेकी नदि कर्णाली । प्राकृतिक सन्दौर्यले भरिएर पनि आन्तरिक र वाह्य पर्यटक आर्कषण गर्न नसकेकी नदि कर्णाली । आजसम्म खुट्टाविनाको जुत्ता जिन्दगी बाचिरहिछ । वर्षायाममा बढि नै उदास हुन्छे । अलि जोडले उर्लिन्छे । उकाली हिड्दा हिड्दै थाकेको बुढो मानिस झैं लामो सुस्केरा हालिरहन्छे । सुसाईरहन्छे । मेरा कानले उक्त सुसाहट सुनिरहेका छन । उर्लामय ध्वनीले कानको जाली थर्काइरहेका छन । आखाहरु मनोरम दृष्य तिर गाडिएका छन । कानले कर्णाली उर्लिएको आवाजमा पिडाम्य महसुस गरिरहेका छन । 

कर्णाली गाढा नुनपानीको घोल जस्तै धमिलो छ । सायद त्यै धमिलो पानीले होला । सारा कर्णाली अञ्चल धमिलो बनाएको छ । सारा कर्णाली अञ्चल अमिको बनाएको छ । सारा कर्णाली अञ्चल खल्लो बनाएको छ । खुल्ला आकास छ । चर्को घाम छ । तर कर्णाली बासीको मुहारमा भने उज्यालो कम देखिरहेको छु । त्यै भएर होला, मलाई उक्त उर्लाहट डाँडाको सर्वोच्चो विन्दुमा बसेर सुन्न मज्जै आइरहेको छैन । त्यो उर्लाहट ध्वनी चिच्याहट लागिरहेको छ । यिनै माथीमा कुरा मनमा खेलाउदै म डाँडाबाट ओराली हुदै तल झरिरहोको छु । मनमा रमाइलो र उदासीपन संगै कहिल्लै टिक्दा रहेनछन । रमाइलो र उदासीपन एक अर्काका कठ्ठर विरोधी नै हुन । त्यै भएर उदासले तनाव निम्त्याउँछ । त्यो विरक्त उदासीपनले रमाईलो भने कवै नीम्त्याएको देखेको छैन । त्यसैले डाँडामा देखिएका रमणिय दृष्यहरु उदासीपनको घेराभित्र फस्दैछन । म कर्णालीबासीको कष्ठमय जिवनलाई मस्तिस्कमा चलाउदै ओराली झरिरहेको छु । 

भर्खर गुणबाट विदा लिएका बचेराहरु सकी नसकी पखेटाहरु फटफटाई रहेका छन । एउटा रुखबाट अर्को रुख उड्न बढो संघर्ष गरिरहेका छन । कलिला पखेटाहरुबाट फुस्केका नरम भुत्ला हावामा डाइप हान्दै जमिन तिर खसिरहेका छन । किबोर्टमा औलाहरm चलेझै मेरा पाइला फटाफट चल्दैछन । ठुलो गुम्बाको शिरबाट जमिनमा देखिने पर्खाल जस्तै ओराली छ । बन्द गरेका परेलीझैं गुम्सीएको ठाँउ छ । अनगिन्ती जातीका हरिया झारपातहरु, बुट्यानहरु छन । बुट्यान र झरपातमा भएको ओषले म लुत्रुक्क भिझेको छु । छ्या कस्तो भिजाइलिरा, म ओठ नचलबलाई मनमनै भनिरहेकोछु । ओषिएका स–सना बुट्यान मुनि बेसादी रङका चिप्लेकिरा सरिरहेकाछन । चिप्लेकिरा एक्कासी देख्दा डर लाग्दा छन । मैले एकैछिनमा चाल पाइहाले । चिप्लेकिराले केहि गर्नेवाला छैनन् । किनकी यिनीहरुको हिडाईको वेग साह्रै सुस्त छ । समथल स्थानमा बगको नदि जस्तै छ । मेरो मातृराष्ट्र«मा भैरहेको विकासको यात्रा जस्तै छ । अति सुस्त अनि दुरmस्त चिप्लेकिरा चिप्लेको बाटो नियालिरहेकोछु । मलाई यस्तो पनि लागिरहेछ, मेरो मातृराष्ट्र विकास यात्राको संकेत यिनै चिप्लेकिरा हुन । 

चिप्लेकिराबाट पन्छिदै म एकाध ओरालो आफ्नै सुरमा झरिरहेकोछु । टलकदार घामको प्रकाश भने मेरो ठिक विपरित । घामको झुल्को मैले डाँडा जादाँ टेकेका पाइला छुदै उकालिएकोछ । कलमको धर्का जस्तो गोरेटो हराएर घना जंगलमा विछिट्टीन्छु कि भन्ने पिर यताकता मनमा उफ्रीररहेकोछ । डाँडमा जादा पो जुन गोरेटो टिपे पनि हुन्थ्यो । डाँडामा जादा निश्चित ठाँउ तोकेको थिइन । जहाँनेर होस त्यो डाँडाको एक स्थान भए हुन्थ्यो । घर त एक निश्चित ठाँउमा हुन्छ । विशेष ठाँउमा हुन्छ । विशेष स्थानमा हुन्छ । घर बाढी, आधी, पहिरो, हुरी बतास जस्ता कुनैपनि दैविक प्रकोपको कुदृष्टीबाट लुकेको हन्छ । सुन्दर शान्त स्थानमा हुन्छ । जे होस एक निश्चित स्थानमा हुन्छ । छ पनि यसमा कुनै दुईमत छैन । विडम्पना एक मुस्लो कालो बादलले छोपिएको सुर्यझैं घ्वाप्प विकटताको कालो मुस्लोले छोपिएकोछ । कठैबरा ! प्रकृतिक सुन्दरतासगैं मौसमानुसार विना सिंगारपठार रुपरगं फेरिरहने त्यो मेरो सुन्दर गाउँ । कहिले लाल रगंको लालिगुराँसको ढकमक्कता सगैं प्रस्तुत हुन्छ । कहिले विशाल सुर्यमुखीको पहेंलीसगं होली खेल्छ । कहिले पानी अमिश्रित दुध झैं सेताम्मे हिउँको तकिया बन्छ । यहाँ उल्लेख नरी साध्य छैन । अनेक चरित्र प्रस्तुत गर्छ । साङ्गितिक कार्यक्रममा प्रस्तुत गरिएका अनेक थरिका नाटक जस्तै ऋतु पिच्छे वातावरणिय परिवर्तन आफ्नो सुन्दरता नाटकद्वारा प्रस्तुत गरिरहन्छ । तर पनि गुननाम छ । 

विहान डाँडामा पुग्ने विराट लक्ष्य थियो । अहिले भने घरमा पुग्नुपर्ने बाध्यता छ । बाध्यताको डोरीमा झुन्डीदै तलतल चिप्लिरहेकोछु । विशेष ठाँउमा जहाँ मेरो सुन्दर र शान्त घर छ । खोचहरु सकिनेछन । घना जंगल पात्लिनेछ । एउटा सानो चउर आउँनेछ । चउर मै पुगेर हेर्दा चउर चउर जस्तो होइन स्वर्ग जस्तो छ । आधा घण्टा दौडे चिसो कर्णालीको पानी स्पर्स गर्न पाईन्छ । परीका मिलेका दन्त झैं हिउँको टोपिनिहीत हिमालको दृष्य आखाले नियाल्न पाउछँन । चउरको बिचमा एउटा सुन्दर गाउँ छ । जहाँ पचास परिवारहरुले बासस्थान गरिरहेकाछन । यी पचास परिवारमा एउटा मेरो परिवार पनि सामेल छ । मेरो घर त्यहाँ अवस्थित छ । हो मलाई त्यहाँ पुग्नु छ । जसरी भएपनि पुग्नेछु मेरो घर म यही सोचिरहेको छु । विस्तारै डाँडाहरु अगेनामा रापिएको फलाम झैं राता हुदै गैरहेका छन । अस्ताउदा ताका घामले रातो रङ फेर्ने रहेछ । समयानुसार यहाँ हरेक बस्तुले रंग फेर्ने रहेछन । तर मेरो कर्णालीले भने शायदै फेर्दोरहेछ । अवेर हुदेछ म फटाफट पाईला चालिरहेको छु । एउटा लहरेको झ्याक जाकेटको टोपीमा क्वाप्प अड्किन्छ । म छुटाउन खोज्छु । अलिक बल लगाएर मतिर तान्छु । झ्याक आफुतिर तान्छ । एक्कासी, म झसंग विउझीए । उता साथी सिरक तानिरहेको थियो । उठ भनिरहेको थियो । 


1 comment:

Thanks !!

Thank you for visiting.

Pilot sole survivor of Nepal plane crash that killed 18

  At least 18 people were killed after a small plane skidded off the runway in Nepal’s capital Kathmandu on Wednesday, local officials said....