Tuesday, February 14, 2017

प्रेम दिवस विशेष !!

यो इन्टरनेटको दुनियाँमा कहलिएको आधुनिक समाज हो । त्यसैले हरेक कुराको चर्चा परिचर्चा गर्न कुनै महाभारतको युद्ध लड्नु पर्दैन । समाजिक संजालका अभियान्ता, फेसबुक ,ट्विटर इन्स्टाग्राम अनि भिडियो छ भने युबटुवमा उकालिदीए पुग्छ। दैनिक दिन कयौं फोटाहरु, भिडियोहरु, ब्याक्तीहरु, लगायत कसैले गरेका अदभूत कलाहरु, अनि समाजमा पच्ने देखि नपच्ने सम्मका कामरुको  चर्चा परिचर्चा हुने गरेका छन । ॠतिरिवाज चालचलनहरुको पनि व्यापक प्रचारप्रसार भैरहेको पाइन्छ ।


हाम्रो देसमा मनाइने चाडपर्व तिज,दशै र तिहारहरु पनि  अमेरिकाको वासिङटनमा मनाइन्छन रे , आफै देखे गरेको त होईन तर यस्तो हुन्छ रे आजकाल सुन्नमा आइरहन्छन् । सायद उतैतिरबाट आ'का होलान केके 'डे' हुन आज यतातिर युवापुस्ता माझ लोकपि्रय हुदैछन। कहिले रोस डे,  कहिले प्रपोज डे कहिले चक्लेट डे, कहिले हक डे, अनि किस डे अझ फेरि भेलेन्टाइन डे रे। सारा युवाहरु मख्ख छन । तर गर्लफ्रेन्ड नहुने चाहिँ दिक्क देखिन्छ्न । यो सबै आजको प्रचारप्रसार शैलीमा आएको परिवर्तन मान्न सकिन्छ। अरुले जे सुकै मानुन तर म यसलाई ईन्टरनेटको उपज मान्दछु।


आज एकाविहानै साथी हरिलाई  ह्याप्पी भेलेनटाइन डे भनेर मेसेज आएछ। एकजना स्कुल पढ्दाको साथीले पठाको रे, मसंग जङ्गिदै भन्दैथ्यो हरि । भेलेनटाइन डे आकै छैन, त्यसलाई कस्तो हतार भाको ? मान्छे त भेलेनै रै'छ नि, बेमौसमको फुल जस्तो , कुन मेसेज कतिखेर पठाउनु पर्छ थाहा नपाउने , चार पाच घण्टा कुरेर पछि मेसेज गर्दा त्यसको के बिग्रन्थ्यो ? उसको रिसको अभिव्यक्तिमा मलाई बोल्न मन लागेको थिएन तर के गर्नु उ सबै मलाई नै सुनाउदै थियो। त्यसैले चुप बस्नु उचित लागेन, मैले भने चाडो मेसेज आएर तेरो पो के बिग्र्यो ? यति भन्दा शान्त भयो । तर लास्टामा आएर एउटा डाइलक मारिहाल्यो । तैले नि उसको साइट लागिस है। आलु रोप्दा बनाइएको ड्याम झैँ मैले निधारमा चाउरी पार्दै अँ साइट लगे भने। अनि आ-आफ्नो बाटो लाग्यौ।


 "तैले नि उसको साइट लगिस है " हरिले भनेको यो डाइलकले  मेरो मनमा निकै ठुलो स्थान ओगट्न पुग्यो। मान्छेको मुड कतिखेर कहाँ मोडिन्छ थाहा हुदैन। त्यसैले बेला बेलामा आफ्नो मुड रिफ्रेस गर्नु पर्ने हुन्छ। कम्युटरमा पनि बेला बखत रेफ्रेसको जरुरी हुन्छ। हामी त मावन हौं । थाकान महसुस गर्छौ । भोक महसुस गर्छौ, चोटको दुखाइ महसुस गर्छौ। मनको पिडा महसुस गर्छौ। हरि मेरो  साथी हो । उसलाई मेसेज गर्ने उसकै पुरानो साथी हो, तर उ मैले  नचिनेको ,मैले कहिलै नदेखेको मान्छे हो । अनि मैले कसरी अपरिचित मान्छेको साइट लान्थ्ये ? 


 किशोरावस्थामा यसैरी साथी भाइहरुसंग चर्काचर्की भैरहन्छ। अनि साढे झैँ जोश निकाल्ने, बम झै पट्किने, खोर्सानी झै पोल्ने, नुन झै चर्किने, सगरमाथा झै अग्लिने , समुन्द्र झै छाती फैलाउने, अनि कार्तिकको कुकुर झै घुम्ने यिनिहरु त युवास्थाका गुण नै हुन।  यि मन्त्रहरु सम्झिसके पछि हरिको डाइलकलाई खस्सै वास्ता गरिन। मलाई पनि आफू रेफ्रेस भएको महसुस भयो। रेफ्रेस भैसकेपछि नयाँ कामको थालनी गर्नु पर्ने हुन्छ । यो मेरो मान्यताको कुरा हो । आफैले  आफै सगं एउटा कथा लेख्ने निर्णय गरे । मसंग क्याम्पसमा लाने  एककाधे झोला थियो। त्यहीँ झोलाबाट एउटा कलम निकालेर टेवलमा पुर्ण तयारीमा रहेको डायरीमा केही शब्द कुदाउन थाले । बेमौसमी फुलको खास्सै अर्थ रहदैन। त्यसैले मैले लेख्ने कथाको विषयबस्तु पनि मौसमी हुनुपर्थ्यो।  अनि आजकालको मौसम पनि यिनै केके 'डे',.... केके 'डे' मा सिमित छन। त्यै भएर भालेन्टाइन डे लाई नै विषयबस्तु बनाउने प्रयत्न गरे। 

गुमनाम छिन । आजकाल निकै व्यस्त भइछिन । अहिले खासै प्रत्युत्तरमा चाख देखाउदिनन रे । यो पछिल्लो दिन हरिले मसंग गरेको  संवाद हो । मैले अड्कल मारिसकेको थिए । फेरि आज हरि मलाई केही भन्ने वाला छ ।  जब दुईटा साथी गफ गरिरहेका हुन्छौं तब एउटाले अर्काको कुरा नसुने त्यो बालुवामा पानी सरह हुन्छ। त्यसैले मैले उसको कुरालाई बालुवामा जान नदिने निर्णय गरे।  उसलाई खोतल्दै गए ।  खोतल्दै जादा उसले पुरै कहानी बनायो । जसलाई मैले कथात्मक तरिकाले उसका मुखबाट आएका भाषाका लहरा पहराहरुलाई कथामा प्रस्तुत गरे।

   "एकदिन एउटा अपरिचित केटीसंग साथी भए । अन्धाधुन्ध सामाजिक संजाल फेस्बुक मार्फत फ्रेन्ड रिकोइष्ट र एसेप्ट बाट कहलिएको हाम्रो साथित्व बलियो हुँदै गयो। बोली पनि उत्तिकै मिठो कोइलीको जस्तै थियो । क्या राम्रो नाम थियो । अरु साथीहरूसंग उनको नाम भन्न पनि लोभ लाग्थ्यो । त्यसैले  उनको नाम बताउन कन्जुस्याइँ गरेकै थिए । कसैलाई भनेको थिइन । सेअरिङ इज किअरिङ भन्ने थेगोलाई  ठ्याक्कै बिर्सिसकेको थिए । मायाले के के बिर्साउदो रहेछ, त्यतिबेला महसुस गर्दैथिए । तर के गर्नु उनको मेसेजको अगाडी त्यो महसुस फिका ठहरिन्थ्यो । अनि उनिसंगै मेसेजमा कुरा गर्न मख्ख हुन्थे

  
मेसेज बाल्लिदै गए। हाम्रो समय अन्लाईनमा लम्बिदै गयो। यदि हामिले पठाइएका मेसेजको लिपि प्रीन्ट गर्ने हो भने एक किताब तयार होला । त्यो पनि रोमान्टिक नाटक वाला, । लुकिछिपी अरुका मेसेज पढ्नेहरूका निम्ति एक मन पर्ने किताब हुन्थ्यो होला। त्यति धेरै मेसेज आदानप्रदान गरिसकेका थियौ । प्रत्यक्ष भेटघाटबिना एक अर्का प्रती प्यारा भैसकेका थियौ। एक अर्काप्रती आदार गर्थ्यौ। सम्मान गर्थ्यौ।  अन्त्यमा सहमतिमा चुम्मा लाई उम्मा लेखेर एक अर्काको चित्त बुझाउथ्यौ।  अनि ब बाइ, गूड नाइट भन्दै मन नलाग्दा नलाग्दै मेसेज टुंग्याउथ्यौ, अनि  सुत्थ्यौ । 

फोन र मेसेजमा मेरो अन्तरात्माले शान्ति महसुस गरेन । अब भेट्नैपर्छ भन्ने बढो कठोर निर्णय गर्न पुगे। प्रत्यक्ष नभेट्दा सम्म मेसेज पनि गरिन। आज भेट्ने , भोलि भेट्ने भन्दा भन्दै महिनौ कटाई दिइन् । त्यसैले मन नहुदा नहुदै मैले मेसेजमा कटौती ल्याए। मैले मेसेज गर्न छोडिदिए। चारदिन मेसेज नगर्दा उनले पनि सोचिछिन क्यारे ! अब भेट्नु पर्छ भरेर। अनि मेसेजमा लेखेकी थिइन। ल यो भेलेन्टाइनमा जसरी पनि भेट्छु । कसम नै ठोकिन । मम्मी कसम झुट होइन। बरु भेट्ने चाहिँ काँ ? भनेर बडो आदार्पुवक सोधिन । मैले भने मलाई जहाँ भएनी समस्या छैन । त्यसैले ठाउँ तिमी नै सेलेक्ट गर। तिमीलाई जहाँ सजिलो लाग्छ म त्यहाँ पक्का पुग्नेछु, तिमी ढुक्क होउ । विस्वास गर । म तिमीलाई  भेट्ने कुरामा दुईमत छैन । उनलेे हुन्छ भन्दै  बिदा भएकी थिइन । तर भेट्ने ठाउँ नभनेरै अफलाइन भइदिइन । 


भ्रमको रैबार पठाएर आफू गुमनाम भइन । तरपनि मेरो सकारात्मक सोच अपरिवर्तित थियो। अझै प्रेम दिवस आउन केही दिन बाकी छ्न । भोलि पर्सि आफ्नो राम्रो नाम र कोकिल झै मिठो स्वरको धुन जस्तै ठाउँ भन्छिन होला । सेलेक्ट गर्छिन होला भन्दै चित्त बुझाए । अनि म अफलाइन भए ।  भोलिपल्ट एकविहानै डाटा अन गरे । प्राय मेसेन्जरको टपमा उनकै नाम हुन्थ्यो । हेरे तर एक्टिभ टेन आवर रैछ। उनी हिजोबाट  मेसेन्जरमा निप्रेबेस रहिछिन । त्यस दिनको बेलुकी हेरे । बेलुकी पनि एक्टिभ ट्वान्टी थ्री आवर देखयो। भोलिपल्ट हेरे । वान डे अगो देखायो । पछि मेसेन्जर पनि दिक्क भएछ त्यसरी आए गएको समय देखाउनै छोड्यो तर म हेरिरहे अक्सर उनी प्रेम दिवसको बिहान सम्म आइनन । गाइप भाइन ।


यति भन्दै , आँसु झार्दै हरिले आफ्नो कहानी सकायो। तर उनको नाम अझै खुलाएन ।  साथी भएको हैसियतले  मैले उसलाई शान्त पार्नु थियो । अनि मैले प्रेम दिवसको परिभाषा दिदै शान्त पार्न खोजे। "प्रेम" शब्द आफैंमा महान छ। त्यसैले प्रेमविना जीवन जिउन मुस्किल छ। त्यसैले हेर हरि प्रेम संसारकै महंगो अनि गरुंगो चिज हो । जसलाई हामीले सजिलै उठाउन सक्दैनौं । पाउन सक्दैनौं । यदि पाए पनि त्यसलाई जोगाउन मुस्किल पर्छ। प्रेमका आफ्नै  भुमिका हुन्छन् जो जिम्मेवारीपुर्वक निभाउन निकै हम्मे पर्छ ।


आज प्रेम दिवस हो । हामी यहि प्रेममय दुनियाँमा बाचिरहेका छौ । मातापिताको प्रेम, भाइबहिनीको प्रेम, समग्रमा भन्नू पर्दा घरपरिवार, आफान्तजनहरुको प्रेम, हाम्रो जीवन यी सबै खाले प्रेममा अडिएको छ । त्यसैले यस संसारमा प्रेमको परिभाषा दिन नसक्ने सायदै होलान । प्रेम जीवन हो । प्रेम जिवनमा फस्टाएको सुन्दर फुल हो । घरपरिवार र आफन्तजन्हरुको निस्वार्थ प्रेममा फस्टाएको जीवन जसलाई मैले सुन्दर फुलको संज्ञा दिए । त्याही सुन्दर फुल हाम्रो जीवन हो । उक्त सुन्दर फुललाई जब कसैको आखा लाग्छ, जब कसैको मनमा अडिन्छ तब त्यहाँ अर्कै प्रेमको सुरुवात हुन्छ । 

उक्त प्रेमलाई आजको दिनको आवश्यक पर्छ । हो हरि तिमीलाई त्यहीँ प्रेमको सुरुवात भएको भएको थियो । तर तिम्रो प्रेम गर्ने तरिका फरक थियो । परिवेश पनि बिल्कुलै फरक थियो । सामाजिक संजालकै आधारमा तिमिले कसैलाई मुटुको धड्कन बनाउनु गलत थियो। त्यै भएर तिमिले दुख पायौं । त्यहीँ भएर तिमिले धोका दिने मान्छे भेट्टायौ ।  अब यसो नगर। नराम्रै भएपनि देखे संगत गरेको मान्छेलाई आफ्नो बनाउने प्रयास गर । सुन्दरतालाई व्यवहारलाई प्राथमिकता देउ । आफूलाई कुरा बुझ्न बाध्य बनाउने भन्दा आफ्नो मनको कुरा बुझ्ने मान्छे छान । अनि पो तिमी सफल हुनछौ।  यति भन्दै सबैलाई प्रेमदिवसको शुभकामना फेसबुकमार्फत छोड्दै हामी छुटियौ।  सबैलाई प्रेमदिवसको शुभकामना ।।

No comments:

Post a Comment

Thanks !!

Thank you for visiting.

Pilot sole survivor of Nepal plane crash that killed 18

  At least 18 people were killed after a small plane skidded off the runway in Nepal’s capital Kathmandu on Wednesday, local officials said....