शरीरलाई अप्ठेरो भएको महसुस भइरहेको थियो। उनलाई देखेका पलहरु मनमा नाचिरहेका थिए। ति सुन्दर पलहरुले भित्रभित्रै केहि न केहि सेलिब्रेट गरिरहेका थिए। क्यान्डीक्रसले मोबाईलमा राज गरे जसरी ति पलहरुले मनमा राज गरिरहेका थिए। मुटुमाथी ढुङ्गाराखी ति पलहरुलाई पाखा लगाउन खोज्दै थिए । तर पनि सकिरहेको थिइन।
ओछ्यान छामछुम पारे । बल्लतल्ल केहि मिनेट पछि मोबाईल हातमा पर्यो। हतपत मोबाइलको मेनु बटम दबाए । बाह्र बजेर तिस मिनेट भइसकेको थियो। पिएम बाट एएम भइसकेको थियो। एक दिन सकिएर अर्को दिनको सुरुवात भइसकेको थियो। मोबाईल समय हेर्नको लागी खोजेको थिए । तर के गर्नु लागेको बानी त हो। आखा फेसबुक मेसेन्जर तिर गइहाल्यो।
मेसेन्जर आइकनको दायाँपट्टी रातो चिन्ह थियो । त्यो अरुकेहि नभएर नया मेसेज आएको संकेत थियो। यति राती कसले पठाएछ ? कौतुहल्ता बढ्यो। सम्पत्ति पाउने भएपछि दैवका पनि तिन नेत्र खुल्छ्न। तर अहिले सम्पत्तिमा मात्र होइन फेसबुक मेसेन्जरमा नयाँ मेसेज आउदा पनि युवा-युवतीका तिन नेत्र खुल्छन। चाहे हाइको उत्तर वाइ किन नहोस रिप्ले गरिहाल्छन। स्टिकरको बदला स्टिकरले अक्षरको बदला अक्षरले प्रतिक्रिया पठाइहाल्छन। मेरो पनि यस्तै बानी लागेको थियो। अझै हटेको छैन, अहिले सम्म कायमै छ ।
कौतुहल्ता मेटाउनु पर्ने थियो। त्यो पठाउने को रहेछ मेसेज हेर्नै पर्ने भयो। टेक्नोलोजीलाई मान्नै पर्छ। उनिसंग मात्र होइन । पारिवारका सदस्यहरु, आफन्तहरु, साथीहरू, सहकर्मीहरु, हाकिमहरु, हाकिम्नीहरु, सबैसंग दुरीले जति टाढा भएपनि ईन्टरनेटले नजिक भएको महसुस गराइदिएकोछ ।फेसबुक मेसेन्जरमा आएको मेसेज हेर्न कुनै झन्झट गर्नु पर्दैन ।
पुराना मोडेलका मोबाइलमा थोरै भएनी झन्झट लाग्थ्यो। लगिन गरेर मेसेज बक्समा जनु पर्थ्यो। टाइप गर्न निकै बेर लाग्थ्यो। एउटै बटनमा तिन तीन वटा अक्षर हुन्थे। जमाना उस्तै नरहदोरहेछ। जमना प्रविधिको हो। प्रविधिले फटाफट फट्को मार्दैछ। एनरोइड,एप्पल,माइक्रोसफ्ट,केके हो केके ? नयाँनयाँ सिस्टम आउछन।
राष्ट्र जति अविकसित भएपनि, नागरिकको प्रतिव्यक्ति आय जनि न्युन रहेपनी मोबाईल नकिन्ने कमै छन यहाँ । नबोक्ने सायदै छन यहाँ । मैले पनि त्यही एनरोइड भिरिरहेको थिए । फेसबुक मेसेन्जरको मेसेजतिर हेर्न खोज्दै थिए। मेसेज आएको संकेत बहिर डिस्पेलेमै थियो । गिद्दले सिनोको प्रतीक्षा गरेझै उ उत्तरको पाउने प्रतीक्षामा थियो।
नामको केहि स्पेस पर हरियो गोलाकार विन्दु थियो। यसको मतलब त्यो अन्लाईनै थियो। मेसेजमा लेखिएको थियो। हेलो...? मेरो रिप्लाई "हाई " लाई नपर्खी फेरि लेखेको थियो "तँलाइ निद्रा लागेन ?" त्यो अरु कोही नभएर मेरै आत्मीय सहपाठी शैलेस रहेछ। पुरानाम शैलेस लिम्बु थियो । हामी पहिलो भेटमा तपाई र तपाईं गर्थ्यौ । केहिदिन पछि तिमी सम्म पुग्यौ । केहि महिनापछि तँ मा झरीसकेका थियौ। यो अल्लारे अवस्थाको एक अनौठो बानि हो।
अन्जान व्यक्तिलाई सम्मान गर्ने, अनुशासित हुने । सकेसम्म राम्रै व्यवहार गर्ने तर आफ्नै साथीहरूसंग अनियंत्रित भइदिने, हसाउने, हास्ने, रमाउने, प्याक लगाइदिने, चुरोट सल्काइदिने जस्ता कार्य गर्न पछि नपर्ने । सर्वनाम "तपाईं " प्रयोग गर्दा त्यती स्वतन्त्र भएको फील हुदैन। मनका सबै कुरा खोल्न सकिदैन। सयद त्यै भएर हामी तँ मा झरेका थियौ।
हामी स-सानो कुरापनि शेयर गर्थ्यौ। मैले शैलेसलाई लामो संवाद नगर्ने गरि रिप्लाई गरेको थिए । अहँ ! लागेन । सुत्ने कोसिस गर्दैछु । ल ल गुड नाइट भनेर रिप्लाई गरे। कलेजमा दिनको पाँच घण्टा संगै समय विताउने सहपाठीसंग के च्याटमा झुन्डिनु जस्तो लाग्यो। बाइ भनीहाले।
शैलेश एनसेलको सिम प्रयोग गर्थो। एनसेलको सिम भएपछि एम.बिमा नाइट फेसबुक प्याकेज खरिद गर्न पाइन्छ । उसले बिस एम.बि खरिद गरेको रहेछ। उ बिसै एम.बि सक्काउने धुनमा रहेछ। मैले गुड नाइट भन्दा थ्यानंक्यु त भन्यो । तर बाइ लाई स्वतः अस्वीकार गर्यो। बाइको रिप्लाई हाइ लेखेर पठायो। म उसंग च्याट नगर्ने मुडमा थिए। तर मुडलाई स्थिर बनाउन सकिन । रिप्लाई नदिइ गुमनाम बस्न सकिन। हाम्रो संवाद सुरु भयो। मैले रिप्लाई दिए।
म : ओइ के भो? सुत्ने मन छैन??
शैलेस : नोथिङ, जस्ट किडिङ यार।
म : भो भो धरै इङलिस नछाड । खुरुक्क सुत नत्र भोली कलेज आखा मिच्दै जनुपर्ला।
शैलेश : भोली कलेज ? तँ आफै जा म जान्न भोली ।मेरो तर्फबाट नि तै पढेर आइजो लो।
म : किन ? धेरै नाट्क नगर, कलेज आउने कुरा गर ।
शैलेस : हा हा दिन पनि याद नहुने गरि पागल भैसकिस। भोली सनिवार थाहा छैन?
शैलेस : नोथिङ, जस्ट किडिङ यार।
म : भो भो धरै इङलिस नछाड । खुरुक्क सुत नत्र भोली कलेज आखा मिच्दै जनुपर्ला।
शैलेश : भोली कलेज ? तँ आफै जा म जान्न भोली ।मेरो तर्फबाट नि तै पढेर आइजो लो।
म : किन ? धेरै नाट्क नगर, कलेज आउने कुरा गर ।
शैलेस : हा हा दिन पनि याद नहुने गरि पागल भैसकिस। भोली सनिवार थाहा छैन?
म : ए होर । दिन बिर्सदैमा पागल हुन्छ?
शैलेस : अनि के त?
म : नोथिङ लोल
शैलेस : के को नोथिङ नि ? सप्पै मलाई थाहा छ।
म : के थाहा छ तँलाई लु भन त?
शैलेस : तँ तै सपनाको मायामा पागल भाको हैन। बरु गएर प्रस्ताव गरिहाल ।
म : जेपिटी नबोल, कस्ले भन्यो ?
शैलेस : पागल हुने तँ, म जेपिटी? बाबु सप्पै मलाई थह छ। अरु तँ नाटक नगर बरु चाडो गरिहाल।
म :के?
शैलेस : पर्पोज।
म :भो तैले सिकाउनु पर्दैन ।
शैलेस : लल पागल बनेर बस। तँलाई त्यहीँ सुहाउछ।
म : उफ: पागल छैन,बन्दिन पनि
शैलेस : त्यो पागलपन नभएर के हो?
म : यो फिदा हो अब बुझिस ।
शैलेस : ए होर? आखिर मेरो अनुमन मिस छैन हाह ।
म : ल ल लिम्बुको बाहुन राम्रोसँग सुत अब शुभ रात्री।
शैलेस : ल ल तँलाई पनि शुभरात्री । सपनालाई सपनामा देखिराख।
म : हश धन्यवाद ।
शैलेस : अनि के त?
म : नोथिङ लोल
शैलेस : के को नोथिङ नि ? सप्पै मलाई थाहा छ।
म : के थाहा छ तँलाई लु भन त?
शैलेस : तँ तै सपनाको मायामा पागल भाको हैन। बरु गएर प्रस्ताव गरिहाल ।
म : जेपिटी नबोल, कस्ले भन्यो ?
शैलेस : पागल हुने तँ, म जेपिटी? बाबु सप्पै मलाई थह छ। अरु तँ नाटक नगर बरु चाडो गरिहाल।
म :के?
शैलेस : पर्पोज।
म :भो तैले सिकाउनु पर्दैन ।
शैलेस : लल पागल बनेर बस। तँलाई त्यहीँ सुहाउछ।
म : उफ: पागल छैन,बन्दिन पनि
शैलेस : त्यो पागलपन नभएर के हो?
म : यो फिदा हो अब बुझिस ।
शैलेस : ए होर? आखिर मेरो अनुमन मिस छैन हाह ।
म : ल ल लिम्बुको बाहुन राम्रोसँग सुत अब शुभ रात्री।
शैलेस : ल ल तँलाई पनि शुभरात्री । सपनालाई सपनामा देखिराख।
म : हश धन्यवाद ।
यसपछी शैलेस अफलाइन भयो। मलाई भने निन्द्रा आएन। मनमा कुरा खेल्न थाले। शैलेसलाई यो कुरा भनेकै थिइन। तर कसरी चाल पायो। उसले चाल पाएर मलाई अप्ठ्यारो हुने कुरै थिएन। सर्प्राइज दिए जस्तै गरि म उसलाई भन्ने वाला थिए। म चाहान्थे । को हो त्यो भन्दै शैलेसले मलाई केहिबेर चिथोरोस।काउकुती लागाओस। मेरो मुखबाट मेरी सपनाको नाम सुन्न शैलेस जस्तोसुकै सर्त मान्न राजी होस।
यो मेरै सोचेअनुसार भइदिएको भए म शैलेसलाई अरु कसैलाई नभन्ने सर्त गर्थे होला । मलाई दोरोरो प्रेम होस किन हिड एण्ड रन मन पर्छ। लिमिटमा रहेको मन पर्छ । एकले अर्काेलाई माया गर्नु तर गोपनियता भङ्ग नगर्नु जस्तो लाग्छ । कलेजमा चर्चा परिचर्चा भएको मलाई फिटिक्कै मन पर्दैन ।
त्यैमाथी मेरो त एक तर्फी हो । शैलेसले प्रचारप्रसार गरिहाल्यो भने म त बर्बाद हुन्छु । हरपल उनकै कल्पनामा हराउछु तर उनीप्रती मनको कुरा ट्क्र्याउन सकेको थिइन। प्रस्ताव गर्ने आट आएको थिएन। उनको आम्नेसाम्ने पर्न नि लाज लग्थ्यो। अंह ! त्यो लाज थिएन क्यारे ! एक प्रकारको डर थियो।
मलाई अब शैलेसको डर लाग्न थाल्यो। यदि शैलेसले हल्ला फैलायो भने, सपनाले के सोच्ली? कस्तो प्रतिक्रिया जनाउकी ? यो कुरा मैले प्रस्ताव राख्न नपाउदै भाइरल भयो भने के हुने होला। कहिले फुल फकृन नपाउदै कोपिलामै झर्ने त होइन। यस्तै प्रश्नहरु मनमा वाउन्डरी गरिरहे।
प्रेम कहाँ हुन्छ, कतिखेर हुन्छ थाहा हुँदैन भन्थे। हो रहेछ । त्यतिबेला महसुस गर्दै थिए। उनलाई देख्दा मेरो मुटुको धड्कन बढ्थ्यो। म उनिसंग आखा जुधाएर हेर्न त के आम्नेसाम्ने समेत कर मान्थ्ये। मानौँ म मोस्ट वान्टेड अपराधी उनि सन्की पुलिस। अनि कसरी मेरो प्रेम हुन्थ्यो ? जहाँ नचाहेर पनि चुम्बकीय सकारात्मक धुर्वको व्यबहार अगांली रहेको थिए। म उनिप्रती प्रेमले आकर्षित भइसकेको थिए। म फिदा भइसकेको थिए। विकर्षण त केवल डर थियो। मैले प्रस्ताव गर्दा कतै उनको दिन चोट पुन्ने होकि भनेर सदा सोचिरहन्थे।
पहिले पहिले जब एउटा केटिका लागी पागल भएका समाचार सुन्दा अनौठो लाग्थ्यो। पागलको विल्ला उडाइन्थ्यो। जब एउटा केटिका लागी आत्माहत्याका समाचार सुन्थे। उल्टै मृतककै विल्ला ठोकिन्थ्यो। नेपालमा एक जना केटालाई तिन्तीन जना केटि भाग पर्छ्न रे व्यर्थ त्यसलाई के आत्माहत्या गर्ने मन लाहो कुन्नि ? भन्दै विचरा मृतकको कुरा काट्थ्यौ।
पछि थाहा पाए । भित्री मनबाटै एउटा केटि मन परेपछि के सम्म गर्न सकिदो रहेछ । आफु नमरी स्वर्ग देखिदैन हो रहेछ। त्यतिखेर नेपाली चलचित्र कबड्डीमा दयाराम दाइले आफ्नी आमालाई दिएको उत्तर यथार्थ लग्यो। सार्है मन पर्यो। दयारामको समस्या र मेरो समस्या एउटै थियो। मात्र फरक थियो। दयाराम दाइ प्रस्ताव सजिलै राख्न सक्थ्ये अनि त्यो सेनेमा थियो । तर म वस्ताविक थिए अनि मेरि सपनाको सामु गुमनाम थिए।
म कति गुमनाम बस्न सकेको ? कसैप्रती जिन्दगीमा पहिलो चोटी फिदा भएको थिए। उनलाई भन्न नसकेर आफै नुन खाएको कुखुरा झै भइरहेको आभास हुदैथियो। आफुले आफैलाई आलोचना गर्दै थिए। सोच्दा सोच्दै रात कट्न थालिसकेको थियो। उनलाई सम्झदा सम्झदै, कल्पना गर्दागर्दै अनि मेरो उनिप्रतिको फीदापनलाई निन्द्राले कतिखेर जित्यो थाहा नै पाइन । झ्याप निदाएछु।

No comments:
Post a Comment
Thanks !!