Showing posts with label गंगाजंग सिहं. Show all posts
Showing posts with label गंगाजंग सिहं. Show all posts

Tuesday, November 7, 2017

!!भविष्यका बीउ विद्यार्थी !!

  
नेपाल कृषिप्रधान देश भएकालेे हामी सबैलाई बिउँको बारेमा पुर्ण ज्ञान छ ! बीउ जोगाउनु मात्र ठुलो कुरा ठान्दैनौँ । राम्रो बिउको उत्पादन गरि उत्पादकत्वमा उत्कृष्ट  परिवर्तन ल्याउन चहान्छौँ । त्यसमा किसिम किसिमका प्रङ्गारिक,रासायनिक मलको जगेडा गरेर राम्रो गर्छौ पनि ! त्यस्तै हाम्रो देश नेपालको शिक्षाप्रणालीको बारेमा भन्नुपर्दा ठिक विपरीत छ। हामी विधार्थीहरु पनि भविष्यमा राष्ट्र निर्माणका लागि चाहिने अत्यावश्यक बीउ हौं । तर यहाँ हामीलाई पढ्नलाई सहजता महसुस भएको छैन । सामन्य सुविधा उपलब्ध भएका छैनन । लोडसेडिङको मारबाट उम्कन सकेका छैनौ । अझ हुम्ला जस्ता विकट  छेत्रमा त एक विद्यार्थी एक सेट किताब भएको रेकर्ड नै हुदैन। त्यसैले नेपालको शिक्षा गतिविधिमा सुधार ल्याइ पढ्नमा हामी  विद्यार्थीलाई सहजीकरणको व्यवस्था होस । बिउ अनुसारको फल विद्यार्थी अनुसारको राष्ट्रको भविष्य हुने भएकाले सबैको ध्यान हाल भइरहेका गतिविधिलाई सुधार्न तिर जाओस् !!
                               

! छुटकारा !!

मौसम सफा छ भने विहान बेलुकी जति जाडो भएपनि दिउसो चटक्कै पोलिहाल्छ। हिजो त्यस्तै दिन  थियो। बानेश्वरमा एकजना साथी भेट्नु पर्ने भयो। विहानै फोन गरेर निम्तो दिइसकेको थियो। मलाई सोच्ने मौका नै दिएन । राम्रोसंग फोन रिसिभ गर्न पा छैन । तुरुन्तै आइजा भनेर फोन काटी हाल्यो। आखा मिच्दै हुन्छ भएको थिए। हुन्छ भनेपछि जानै पर्ने भयो । नत्र रिसाउला भन्ने डर। त्यो भन्दा नि ठुलो कुरो बचन थियो। निद्रामै भएपनी आउछु भनी सकेको थिए।

ठ्याकै सात बजे कोठाबाट निस्केको थिए। कोठा भएको ठाउँ  कुमारीगालबाट टुसालसम्म हिड्दै गए। टुसालबाट शंखमुल जाने ट्याम्पो चढे। टुसालबाट चुच्चेपाटीसम्म खुइका खुइ गयो। ट्याम्पोले बिचमा कतै ब्रेक लिएन। सवारीसाधनको चाप धेरै थिएन। सवारीसाधनको चाप कम भएपछि जाम हुने कुरै भएन । त्यै भएर चुच्चेपाटी, पासाङल्हामु सेर्पाको सालिक सम्म विना अवरोध पुगेको थियो। तर त्यहीँबाट अवरोध सुरु भयो। ड्राइभर दाइले ज्याप्प ब्रेक लगाए।  

ट्याप्पोमा सभार सबै यात्रीहरु हुत्तिए । के भयो भन्दै कोहि सवाल गर्न थाले भने कोहि सिसानिहित झ्यालबाट बाहिर हेर्न थाले । ट्याप्पो भित्र गुम्सिएका यात्रीहरुलाई बाहिर के भयो भन्ने कुराको भेउ पाउन सजिलो थिएन। हुन पनि आफुतिर पर्ने झ्यालहरु आफ्नो पछाडि पट्टि हुन्छ्न। अनि अगाडि पर्ने झ्यालहरु भन्दा अगाडितिर अरु यात्रीहरुले आसन ग्रहण गरेका हुन्छन । त्यसैले अगाडी पट्टीका झ्याल उनिहरुद्वारा छेकिएका थिए । झ्यालबाट बाहिर हेर्न खोजेपनि त्यो एक महत्त्वकांक्षा मात्रै हुन्थ्यो । टेम्म्पो भित्रको मावल एक यात्रीले अर्को यात्रीको अनुहार हेर्नु बाहेक अर्को विकल्प हुँदैन थियो । मलाई त्यस्तै फील भएको थियो । अनि त्यहाँ त्यस्तै थियो।

ढोकाबाट बाहिर हेर्न मिल्ने अवस्था थिएन । चारजना यात्रीहरु ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए ।  झुन्डिएर यात्रा गर्नेको स्थिति कष्टमय थियो । सबैलाई  ड्राइभरदाइ टाउको भित्र लुकाउन अनुरोध गर्दै थिए । ड्राइभरको त्यो अनुरोध यात्रुको सुरक्षाको लागी थिएन। टाउको बाहिर निकाले ट्राफिकले कारवाही गर्ने रहेछ्न। त्यही कारबाहीबाट बच्न ड्राइभरले त्यो अनुरोध गरेका रहेछ्न। पछि थाहा भयो । ट्याम्पो कछुवाको गतिमा चुच्चेपाटीबाट केएल टावर पुगेको थियो। अगाडि एक जना ट्राफिक आइपुगे । ट्राफिकलाई देखेपछि। ड्राइभरले  टाउको  भित्र, टाउको भित्र भनेर कराए । यसको मत्लव सिधै बुझिन्थ्यो। टाउको बाहिर निकालेर यात्रा गर्दा ट्राफिकले केहि भन्दारहेछन। 

अचम्म लाग्यो। टाउको लाई मात्रै कति सुरक्षा गर्दा रहेछ्न। टाउकोले मात्र ट्राफिकको नियमलाई वेवास्ता गरेको रहेछ। मेरो मनले यस्तै कुरालाई लिएर ड्राइभरको अनुरोधको खिल्ली उडाइरहेको थियो। चुच्चेपाटी देखी केएल टावरसम्म ड्राइभरले जानकारी गराइसकेका थिए । यो जाम हो भनेर। ड्राइभरले यो जाम भइरहेको छ भन्दा एकजना आन्टिले जामबाट  कहिलै छुटकारा नपाउने भयो भनेकी थिइन । त्यो आन्टिको मुखबाट निस्केको "छुटकारा" शब्दले मलाई पुर्ण स्तब्ध बनायो। त्यहीँ छुटकारा शब्दको स्तब्धताले मलाई यो लेख लेख्न बाध्य बनायो ।

छुटकारा भनेको एक प्रकारको स्वतन्त्रता नै हो । नेपालको राजनीतिक पृष्ठभुमिलाई हेर्नु पर्दा धेरै कुराले छुटकारा पाइसकेका छ्न। पन्चायतले छुटकारा पायो प्रजातन्त्रको उदय भयो। प्रजातन्त्रले छुटकारा पायो गणतन्त्रको उदय भयो। उसो त राजाले छुटकारा पाए राष्ट्रपतिको उदय भयो। यि सबै परिवर्तनहरु देश विकास र जनताको भलाइका निम्ती भएका थिय । जनताको हितको निम्ती भएका थिए । यि सबै परिवर्तनको मुख्य एजेन्डा भनेको विकासोन्मुख देश नेपाललाई विकसित देश नेपाल बनाउने हुन्थ्यो। अनि गरिविको रेखामुनि रहेका हरेक नेपालीलाई गरिविपनबाट छुटकारा  गर्ने हुन्थ्यो। तर अवसोच त्यो हुन कहिलै सकेन। अहिले पनि सकिरहेको छैन।

अझै सम्म पनि नेपालीहरु छुटकाराको प्रतीक्षामा छन। स्वदेशमा रोजगारी पाए विदेशबाट छुटकारा पाइ स्वदेसमै आफ्ना आफन्तहरुसंग बस्न चाहन्छ्न। आफ्नै घर आगनमा रमाउन चाहन्छन । आफ्नै देशको माटोमा लडिबुडि खेल्न चाहन्छन। आफ्नै बालबच्चासंग बस्न चाहन्छन ।  सडकको राम्रो व्यवस्थापन गरि राजधानीका सवारीसाधनहरु जामबाट छुटकारा पाइ विनाजाम गुड्न चाहान्छन । यात्रीहरु समयमा आफ्नो कार्यलय पुग्न चाहन्छन । यात्रीहरु समयमा घर पुग्न चाहन्छन। बालबच्चाहरु समयमा स्कुलमा पुग्न चाहन्छन । विरामीहरु समयमा अस्पतालमा पुग्न चाहन्छ्न। समस्याको समाधान "नेपाल बन्द" बाट हुन्छ भन्ने भ्रम फैलिएको छ। यो "नेपाल बन्द"बाट पनि छुटकारा पाइ नेपाल बन्दै छ भन्ने सुसमाचार सुन्न चाहन्छ्न। कर्णालीका बसिन्दा भोकमारी र महंगीबाट छुटकारा चाहान्छन। तराईका बासिन्दा सितलहरबाट छुटकारा पाइ राम्रो उपचार चाहन्छ्न 

यि सबै समस्याबाट नेपालीहरु कहिले छुटकारा पाउछन? 

Wednesday, October 25, 2017

शहरमा नारीवाद !!

तिम्रो सुन्दरताको वयान गरु म कसरी ?

सुन्दरताले के नै दिन सक्छ र यहाँ ।

तिम्रो सुन्दर मनको वयान गरु  म सधै'री ।

सुन्दरता विना को नै एकला भा'छ्न र यहाँ ?

तिमी मस्किन्छेउँ , लचकतामा ढल्किन्छेउँ ।

मिलेका दात हिस्सी छोड्छेउँ , अनि मुस्कुराउछेउँ ।

समयले साथ दिदा, अनि जवानिमा जोस हुँदा विताउछेउँ ।

कतिलाई फिदामा तड्पाउछेउँ, आफु मस्कीमस्की रमाउछेउँ।

तिमि नारी हौं त्यो थाहा मलाई 

तर जवानीमा नारीत्व बिर्सिन्छेउँ ।

विहे पश्चात् तिमि के गर्छौ अनुमान छ मलाई 

फेसबुक अकाउन्ट् नै डिलिट हान्छेउँ ।

तिमि सहरमा छेउँ, 

साक्षेर छेउँ,  अनि स्वतन्त्र भए भन्ठान्छेउँ

साक्षेरतालाई कहिले युज गर्छेउँ ?

कि त वान पिस लुगा,अनि मेकपमै जिवन विताउछेउँ?

बिकटकी,कुनाकन्धराकी नारी हेर।

कति साक्षेरछिन, कति सुखी छिन ?

अहँ ! बरु त्यसलाई बाल्लै नगर ।

मलाई विश्वास छ,तिमि वानपिस लुगामा,

अरु थप्ने आट लिएर आउनेछेउँ।

तिमी भ्रममा छेउँ, 

यहाँ नारीपुरुष भाछैनन अझै बराबर ।

नपत्याए तराईमा हेर्न सक्छेउँ।

दाइजोको निम्ती नारी जलिरहिछिन सदावहर।

तिमी सुदुरमा हेर्न सक्छेउँ ।

ठन्डी मौसम, सानो गोठ 

छाउपडी प्रथामा गुज्रिएकि नारी ।

धुवाको मुस्लोमा, त्यहीँ गोठ्मा 

मरेको खबर सुन्नेछेउँ।

उसो त 

राष्ट्रको मुटु राजधानि काठमाडौं ।

यतै नि हटेको छैन विभेद ।

कुमारी प्रथा छ।

नपत्याए गाजलु फिल्म हेर्न सक्नेछेउँ।

तिमि साच्चै साक्षेर छेउँ

महिला सिट भन्छेउँ, बसेको वृद्धबाउ उठाउछेउँ।

मिनिस्कटलाई छाम्छुम पर्दै

थिन्क्यु भन्दै भैसीझै थ्वाच्च बस्छेउँ ।

आजको नारीवाद !

तिमि आफ्नै मात्र नसोच फलिफाप !

बिटकतालाइ ध्यान देउ, वृद्धलाई साथ देउ !

केवल बसको सिट मात्र अधिकार होइन

हे नारी सबैका लागी आवाज उठाउ।

Tuesday, October 24, 2017

पुर्णविराम नभाको जीवन


पुर्णविराम नभाको जीवन
आधुनिक पारा
आधुनिक भाषा 
नुनपानी झै मिश्रण 
अनि सुस्तरी बेस्सरी श्वर 
ठ्याक्कै ,
बाजेको पुरानो रिडि
ह्वात्तै ठुलो ह्वात्तै सानो
अनि एककाधे झोला भिरी
थिएन,
 हराएको त्यो सस्तो बिडि
आधुनिक चुरोटको खिली
औलाको बीचमा छिरी
अनि आफ्नै बाउको खिल्ली 
लास्टै,
लोभी होइसिन्छ यार
तलाइ तँ मोज छ यार
हातमा क्यास
साथमा प्यार
भिआर बाइक
मेरो त सधै घरमा उठिबास
ट्याक,
ट्याक पाइला सारी 
सुस्तरी सुस्तरी
उकाली ओराली
थाकेको जसरी
हिडाइको चल्बली
नयाँ पाइन्ट कटहानी
टिकटिक्क रपहानी
टाउकोमा रङहानी
छोराको दैनिकी 
छुस्सतान्दै,
वार्तालाप सुरु भो
हेर साथी बुझ कुरो
बिदेशमा जान्छु मो
धन कमाइ आउछु लो
घर ठुलो लाउछु हो
रिण तिर्छु साउको
मन पर्छु बाउको
......ए लाग्यो कि क्या को??
यार लाग्या छैन फिटिक्कै
मगा न एक बोतल सिङ्गै 
चट्नी छ  चिटिक्कै
खाउ दुइजना मिल्दै
खाउ हैन भन बरु पिउदै
पिउदै! पिउदै!! पिउदै !!!
अब चित्तबुझ्यो है
लग्या छैन फिटिक्कै
अह.....
जङ्गिदै साउनी
कति हो पिउनी
पैसा सब देओनी
घरघरमा मुन्ट्यौनी
ए...मात्याकी साउनी
नोक्कल दि नक्कली
जाम है...
अब जाम.....
हे हिड घर जाम तँ जा
खोल आमा ढोका 
खोल बाबा ढोका 
छौ हामी भोका
भात् बढी पका
देखिन्छन तारा 
चिसो छ हावा
खोल ढोका बाबा
सन्कदै बर्वर,
गधा,कुक्कुर
वेकामको जोक्कुर
धोकेर आइस
घर सम्झी आइस
जा भाग
इ लाद
दारु खाएको भुडी 
छ होला नि टम्म
ए बुढी
भात नदे है दुइदिन सम्म
इ लाद
जा भाग
...भन्दै थे बाले
लुकाउदै भात दिइन मा,ले
सुटुक्कै खाए
झ्याप्पै निदाए
छुटेछ तिन्पाने
ब्युझायो घाम्ले
... खुबसुत
रातो न कालो बाको मुख
धोकेर आइस कुक्कुरको मुत
..थर्किदै
के गर्नु बा बैसको मुड
रोजगार छैन
सरकार छ लूट 
दारु छ लाइन बस्नु पर्दैन
पाए
खाए
रमाए
कता गाई साउनी
ठिक पार है तिन्पानी ।

Friday, November 25, 2016

फिदापन

शरीरलाई अप्ठेरो भएको महसुस भइरहेको थियो। उनलाई देखेका पलहरु मनमा नाचिरहेका थिए। ति सुन्दर पलहरुले भित्रभित्रै केहि न केहि सेलिब्रेट गरिरहेका थिए। क्यान्डीक्रसले मोबाईलमा राज गरे जसरी ति पलहरुले मनमा राज गरिरहेका थिए। मुटुमाथी ढुङ्गाराखी ति पलहरुलाई पाखा लगाउन खोज्दै थिए । तर पनि सकिरहेको थिइन।
ओछ्यान छामछुम पारे । बल्लतल्ल केहि मिनेट पछि मोबाईल हातमा पर्यो। हतपत मोबाइलको मेनु बटम दबाए । बाह्र बजेर तिस मिनेट भइसकेको थियो। पिएम बाट एएम भइसकेको थियो। एक दिन सकिएर अर्को दिनको सुरुवात भइसकेको थियो। मोबाईल समय हेर्नको लागी खोजेको थिए ।  तर के गर्नु लागेको बानी त हो। आखा फेसबुक मेसेन्जर तिर गइहाल्यो। 
मेसेन्जर आइकनको दायाँपट्टी रातो चिन्ह थियो । त्यो अरुकेहि नभएर नया मेसेज आएको संकेत थियो। यति राती कसले पठाएछ ? कौतुहल्ता बढ्यो। सम्पत्ति पाउने भएपछि दैवका पनि तिन नेत्र खुल्छ्न। तर अहिले सम्पत्तिमा मात्र होइन फेसबुक मेसेन्जरमा नयाँ मेसेज आउदा पनि युवा-युवतीका तिन नेत्र खुल्छन। चाहे हाइको उत्तर वाइ किन नहोस रिप्ले गरिहाल्छन। स्टिकरको बदला स्टिकरले अक्षरको बदला अक्षरले प्रतिक्रिया पठाइहाल्छन। मेरो पनि यस्तै बानी लागेको थियो। अझै हटेको छैन, अहिले सम्म कायमै छ । 
कौतुहल्ता मेटाउनु पर्ने थियो। त्यो पठाउने को रहेछ मेसेज हेर्नै पर्ने भयो। टेक्नोलोजीलाई मान्नै पर्छ। उनिसंग मात्र होइन । पारिवारका सदस्यहरु, आफन्तहरु, साथीहरू, सहकर्मीहरु, हाकिमहरु, हाकिम्नीहरु, सबैसंग दुरीले जति टाढा भएपनि ईन्टरनेटले नजिक भएको महसुस गराइदिएकोछ ।फेसबुक मेसेन्जरमा आएको मेसेज हेर्न कुनै झन्झट गर्नु पर्दैन । 
पुराना मोडेलका मोबाइलमा थोरै भएनी झन्झट लाग्थ्यो। लगिन गरेर मेसेज बक्समा जनु पर्थ्यो। टाइप गर्न निकै बेर लाग्थ्यो। एउटै बटनमा तिन  तीन वटा अक्षर हुन्थे। जमाना उस्तै नरहदोरहेछ। जमना प्रविधिको हो। प्रविधिले फटाफट फट्को मार्दैछ। एनरोइड,एप्पल,माइक्रोसफ्ट,केके हो केके ?  नयाँनयाँ सिस्टम आउछन। 
राष्ट्र जति अविकसित भएपनि, नागरिकको प्रतिव्यक्ति आय जनि न्युन रहेपनी मोबाईल नकिन्ने कमै छन यहाँ । नबोक्ने सायदै छन यहाँ । मैले पनि त्यही एनरोइड भिरिरहेको थिए । फेसबुक मेसेन्जरको मेसेजतिर हेर्न खोज्दै  थिए। मेसेज आएको संकेत बहिर डिस्पेलेमै थियो । गिद्दले सिनोको प्रतीक्षा गरेझै उ उत्तरको पाउने प्रतीक्षामा थियो। 
नामको केहि स्पेस पर  हरियो गोलाकार विन्दु थियो। यसको मतलब त्यो अन्लाईनै थियो। मेसेजमा  लेखिएको थियो। हेलो...? मेरो रिप्लाई "हाई " लाई  नपर्खी फेरि लेखेको थियो "तँलाइ निद्रा लागेन ?" त्यो अरु कोही नभएर मेरै आत्मीय सहपाठी शैलेस रहेछ। पुरानाम शैलेस लिम्बु थियो । हामी पहिलो भेटमा तपाई र तपाईं गर्थ्यौ । केहिदिन पछि तिमी सम्म पुग्यौ । केहि महिनापछि  तँ मा झरीसकेका थियौ।  यो अल्लारे अवस्थाको एक अनौठो बानि हो।

अन्जान व्यक्तिलाई सम्मान गर्ने, अनुशासित हुने । सकेसम्म राम्रै व्यवहार गर्ने तर आफ्नै साथीहरूसंग अनियंत्रित भइदिने, हसाउने, हास्ने, रमाउने, प्याक लगाइदिने, चुरोट सल्काइदिने  जस्ता कार्य गर्न पछि नपर्ने । सर्वनाम "तपाईं " प्रयोग गर्दा त्यती स्वतन्त्र भएको फील हुदैन। मनका सबै कुरा खोल्न सकिदैन। सयद त्यै भएर हामी तँ मा झरेका थियौ। 
हामी  स-सानो कुरापनि शेयर गर्थ्यौ। मैले शैलेसलाई लामो संवाद नगर्ने गरि रिप्लाई गरेको थिए । अहँ ! लागेन । सुत्ने कोसिस गर्दैछु । ल ल गुड नाइट भनेर रिप्लाई गरे। कलेजमा दिनको पाँच घण्टा संगै समय विताउने सहपाठीसंग के च्याटमा झुन्डिनु जस्तो लाग्यो। बाइ भनीहाले। 
शैलेश एनसेलको सिम प्रयोग गर्थो। एनसेलको सिम भएपछि एम.बिमा नाइट फेसबुक प्याकेज खरिद गर्न पाइन्छ । उसले बिस एम.बि खरिद गरेको रहेछ। उ बिसै एम.बि सक्काउने धुनमा रहेछ। मैले गुड नाइट भन्दा थ्यानंक्यु त भन्यो । तर बाइ लाई स्वतः अस्वीकार गर्यो। बाइको रिप्लाई हाइ लेखेर पठायो। म उसंग च्याट नगर्ने मुडमा थिए। तर मुडलाई स्थिर बनाउन सकिन । रिप्लाई नदिइ गुमनाम बस्न सकिन। हाम्रो संवाद सुरु भयो। मैले रिप्लाई दिए। 
म : ओइ के भो? सुत्ने मन छैन?? 
शैलेस : नोथिङ, जस्ट किडिङ यार। 
म : भो भो धरै इङलिस नछाड । खुरुक्क सुत नत्र भोली कलेज आखा मिच्दै जनुपर्ला। 
शैलेश : भोली कलेज ? तँ आफै जा म जान्न भोली ।मेरो तर्फबाट नि तै पढेर आइजो लो। 
म : किन ? धेरै नाट्क नगर, कलेज आउने कुरा गर । 
शैलेस : हा हा दिन पनि याद नहुने गरि पागल भैसकिस। भोली सनिवार थाहा छैन? 
 म : ए होर । दिन बिर्सदैमा पागल हुन्छ? 
शैलेस : अनि के त? 
म : नोथिङ लोल 
शैलेस : के को नोथिङ नि ? सप्पै मलाई थाहा छ। 
म : के थाहा छ तँलाई लु भन त? 
शैलेस : तँ तै सपनाको मायामा पागल भाको हैन। बरु गएर प्रस्ताव गरिहाल । 
म : जेपिटी नबोल, कस्ले भन्यो ? 
शैलेस : पागल हुने तँ, म जेपिटी? बाबु सप्पै मलाई थह छ। अरु तँ नाटक नगर बरु चाडो गरिहाल। 
म :के? 
शैलेस : पर्पोज। 
म :भो तैले सिकाउनु पर्दैन । 
शैलेस : लल पागल बनेर बस। तँलाई त्यहीँ सुहाउछ। 
म : उफ: पागल छैन,बन्दिन पनि 
शैलेस : त्यो पागलपन नभएर के हो? 
म : यो फिदा हो अब बुझिस । 
शैलेस : ए होर? आखिर मेरो अनुमन मिस छैन हाह । 
म : ल ल लिम्बुको बाहुन राम्रोसँग  सुत अब शुभ रात्री। 
शैलेस : ल ल तँलाई  पनि शुभरात्री । सपनालाई सपनामा देखिराख। 
म : हश धन्यवाद । 
यसपछी शैलेस अफलाइन भयो। मलाई भने निन्द्रा आएन। मनमा कुरा खेल्न थाले। शैलेसलाई यो कुरा भनेकै थिइन। तर कसरी चाल पायो।  उसले चाल पाएर मलाई अप्ठ्यारो हुने कुरै थिएन। सर्प्राइज दिए जस्तै गरि म उसलाई भन्ने वाला थिए।  म चाहान्थे । को हो त्यो भन्दै शैलेसले मलाई केहिबेर चिथोरोस।काउकुती लागाओस। मेरो मुखबाट मेरी सपनाको नाम सुन्न शैलेस जस्तोसुकै सर्त मान्न राजी होस। 
यो मेरै सोचेअनुसार भइदिएको भए म शैलेसलाई अरु कसैलाई नभन्ने सर्त गर्थे होला ।  मलाई दोरोरो प्रेम होस किन हिड एण्ड रन मन पर्छ। लिमिटमा रहेको मन पर्छ । एकले अर्काेलाई माया गर्नु तर गोपनियता भङ्ग नगर्नु जस्तो लाग्छ । कलेजमा चर्चा परिचर्चा भएको मलाई  फिटिक्कै मन पर्दैन । 
त्यैमाथी मेरो त एक तर्फी हो । शैलेसले प्रचारप्रसार गरिहाल्यो भने म त बर्बाद हुन्छु । हरपल उनकै कल्पनामा हराउछु तर उनीप्रती मनको कुरा ट्क्र्याउन सकेको थिइन। प्रस्ताव गर्ने आट आएको थिएन। उनको आम्नेसाम्ने पर्न नि लाज लग्थ्यो। अंह ! त्यो लाज थिएन क्यारे ! एक प्रकारको डर थियो। 
मलाई अब शैलेसको डर लाग्न थाल्यो। यदि शैलेसले हल्ला फैलायो भने, सपनाले के सोच्ली? कस्तो प्रतिक्रिया जनाउकी ? यो कुरा मैले प्रस्ताव राख्न नपाउदै भाइरल भयो भने के हुने होला। कहिले फुल फकृन नपाउदै कोपिलामै झर्ने त होइन। यस्तै प्रश्नहरु मनमा वाउन्डरी गरिरहे। 

प्रेम कहाँ हुन्छ, कतिखेर हुन्छ थाहा हुँदैन भन्थे। हो रहेछ । त्यतिबेला महसुस गर्दै थिए। उनलाई देख्दा मेरो मुटुको धड्कन बढ्थ्यो। म उनिसंग आखा जुधाएर हेर्न त के आम्नेसाम्ने समेत  कर मान्थ्ये। मानौँ म मोस्ट वान्टेड अपराधी उनि सन्की पुलिस। अनि कसरी मेरो प्रेम हुन्थ्यो ? जहाँ नचाहेर पनि चुम्बकीय सकारात्मक धुर्वको व्यबहार अगांली रहेको थिए। म उनिप्रती प्रेमले आकर्षित भइसकेको थिए। म फिदा भइसकेको थिए। विकर्षण त केवल डर थियो। मैले प्रस्ताव गर्दा कतै उनको दिन चोट पुन्ने होकि भनेर सदा सोचिरहन्थे। 
पहिले पहिले जब एउटा केटिका लागी पागल भएका समाचार सुन्दा अनौठो लाग्थ्यो। पागलको विल्ला उडाइन्थ्यो। जब  एउटा केटिका लागी आत्माहत्याका समाचार सुन्थे। उल्टै मृतककै विल्ला ठोकिन्थ्यो। नेपालमा एक जना केटालाई तिन्तीन जना केटि भाग पर्छ्न रे व्यर्थ त्यसलाई के आत्माहत्या गर्ने मन लाहो कुन्नि ? भन्दै विचरा मृतकको कुरा काट्थ्यौ। 
पछि थाहा पाए । भित्री मनबाटै एउटा केटि मन परेपछि के सम्म गर्न सकिदो रहेछ । आफु नमरी स्वर्ग देखिदैन हो रहेछ। त्यतिखेर नेपाली चलचित्र कबड्डीमा दयाराम दाइले आफ्नी आमालाई दिएको उत्तर यथार्थ लग्यो। सार्है मन पर्यो। दयारामको समस्या र मेरो समस्या एउटै थियो। मात्र फरक थियो।    दयाराम दाइ प्रस्ताव सजिलै राख्न सक्थ्ये अनि त्यो सेनेमा थियो । तर म वस्ताविक थिए अनि मेरि सपनाको सामु गुमनाम थिए। 
म कति  गुमनाम बस्न सकेको ? कसैप्रती जिन्दगीमा पहिलो चोटी फिदा भएको थिए। उनलाई भन्न नसकेर आफै नुन खाएको कुखुरा झै भइरहेको आभास हुदैथियो। आफुले आफैलाई आलोचना गर्दै थिए। सोच्दा सोच्दै रात कट्न थालिसकेको थियो। उनलाई सम्झदा सम्झदै, कल्पना गर्दागर्दै अनि मेरो उनिप्रतिको फीदापनलाई निन्द्राले कतिखेर जित्यो थाहा नै पाइन । झ्याप निदाएछु।

Thursday, November 24, 2016

हिमालका कुरा ।

            हिमालको चुचुरोको अन्त्य  भएको छ।   निलो आकाशको सुरुवात भएको छ। अनि आकाश र हिमाल गाभिएको  छ ।   गाभिएको  भागमा  असमान्तर   रेखा देखिन्छ। अर्को शब्दमा   छड्के रेखा देखिन्छ। त्यो कुनै छड्के रेखा रहेनछ।  पछि थाहा पाए।    त्यसलाई शुद्ध नेपाली   भाषामा क्षितिज   भनिदोरहेछ।   हिमाली भेग भएर  होला  त्यहाँ देखिने  क्षितिजमा छुट्टै   सुन्दर्ता छ । हिउँले   छोपिएका   सेता  हिमालहरु  छन   ।   त्यसैको काखबाट सुरु भएको विशुद्ध   निलो आकाश छ।  उक्त सेता हिमालहरु र विशुद्ध  निलो आकासको  मिलनबाट बनेको क्षितिजको सुन्दर्तामा म सधै रमाईरहेको हुन्छु।


   हिमाली भेगमा आखा फुलाएर हिमाललाई   निहाल्नु पर्दैन  । हात   तन्काएर   औंला    तेर्साएर   हिमाललाई देखाउनु पर्दैन। सानो स्वोरमा यि यो हिमाल भने  पुग्छ। त्यो पनि नरम भावमा   अनि मिठो   स्वरमा   भन्नुपर्छ । चर्को स्वर कसलाई पो मन पर्छ र।  निर्जीव भएपनि ति हिमालहरुलाई  ठुलो स्वर मन पर्दैन। ठुलो स्वर  बनाएर करायौँ भने  हिमाल  गर्जिन्छ।    आफ्नै स्वर  हिमालमा ठोकिन्छ। पुर्ण: आफैतिर फर्किदिन्छ। अरुको कानसम्म पुग्दा अस्पट भै   पुग्छ ।   आवाज   अस्पष्ट   हुन्छ   तर संगितमय हुन्छ। जहाँ   विकास   त्यहाँ   विनास,   जहाँ सफलता त्यहाँ दुख भनेको    यहि हो    जस्तो   लाग्छ। अस्पष्ठको समाना गर्नु  परेपनी   संगीतमय   धुनले  छुट्टै आनन्द दिन्छ। त्यही आनन्दिपनले  हिमालको   नजिक पुगेका जोसुकै व्यक्ति ठुल्ठुलो स्वर   पारेर    कराउछ्न। अनि आनन्द अनुभव गर्छन।

.......बाकी आउदैछ।
गंगाजंग सिंह 

Thank you for visiting.

Pilot sole survivor of Nepal plane crash that killed 18

  At least 18 people were killed after a small plane skidded off the runway in Nepal’s capital Kathmandu on Wednesday, local officials said....