मौसम सफा छ भने विहान बेलुकी जति जाडो भएपनि दिउसो चटक्कै पोलिहाल्छ। हिजो त्यस्तै दिन थियो। बानेश्वरमा एकजना साथी भेट्नु पर्ने भयो। विहानै फोन गरेर निम्तो दिइसकेको थियो। मलाई सोच्ने मौका नै दिएन । राम्रोसंग फोन रिसिभ गर्न पा छैन । तुरुन्तै आइजा भनेर फोन काटी हाल्यो। आखा मिच्दै हुन्छ भएको थिए। हुन्छ भनेपछि जानै पर्ने भयो । नत्र रिसाउला भन्ने डर। त्यो भन्दा नि ठुलो कुरो बचन थियो। निद्रामै भएपनी आउछु भनी सकेको थिए।
ठ्याकै सात बजे कोठाबाट निस्केको थिए। कोठा भएको ठाउँ कुमारीगालबाट टुसालसम्म हिड्दै गए। टुसालबाट शंखमुल जाने ट्याम्पो चढे। टुसालबाट चुच्चेपाटीसम्म खुइका खुइ गयो। ट्याम्पोले बिचमा कतै ब्रेक लिएन। सवारीसाधनको चाप धेरै थिएन। सवारीसाधनको चाप कम भएपछि जाम हुने कुरै भएन । त्यै भएर चुच्चेपाटी, पासाङल्हामु सेर्पाको सालिक सम्म विना अवरोध पुगेको थियो। तर त्यहीँबाट अवरोध सुरु भयो। ड्राइभर दाइले ज्याप्प ब्रेक लगाए।
ट्याप्पोमा सभार सबै यात्रीहरु हुत्तिए । के भयो भन्दै कोहि सवाल गर्न थाले भने कोहि सिसानिहित झ्यालबाट बाहिर हेर्न थाले । ट्याप्पो भित्र गुम्सिएका यात्रीहरुलाई बाहिर के भयो भन्ने कुराको भेउ पाउन सजिलो थिएन। हुन पनि आफुतिर पर्ने झ्यालहरु आफ्नो पछाडि पट्टि हुन्छ्न। अनि अगाडि पर्ने झ्यालहरु भन्दा अगाडितिर अरु यात्रीहरुले आसन ग्रहण गरेका हुन्छन । त्यसैले अगाडी पट्टीका झ्याल उनिहरुद्वारा छेकिएका थिए । झ्यालबाट बाहिर हेर्न खोजेपनि त्यो एक महत्त्वकांक्षा मात्रै हुन्थ्यो । टेम्म्पो भित्रको मावल एक यात्रीले अर्को यात्रीको अनुहार हेर्नु बाहेक अर्को विकल्प हुँदैन थियो । मलाई त्यस्तै फील भएको थियो । अनि त्यहाँ त्यस्तै थियो।
ढोकाबाट बाहिर हेर्न मिल्ने अवस्था थिएन । चारजना यात्रीहरु ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए । झुन्डिएर यात्रा गर्नेको स्थिति कष्टमय थियो । सबैलाई ड्राइभरदाइ टाउको भित्र लुकाउन अनुरोध गर्दै थिए । ड्राइभरको त्यो अनुरोध यात्रुको सुरक्षाको लागी थिएन। टाउको बाहिर निकाले ट्राफिकले कारवाही गर्ने रहेछ्न। त्यही कारबाहीबाट बच्न ड्राइभरले त्यो अनुरोध गरेका रहेछ्न। पछि थाहा भयो । ट्याम्पो कछुवाको गतिमा चुच्चेपाटीबाट केएल टावर पुगेको थियो। अगाडि एक जना ट्राफिक आइपुगे । ट्राफिकलाई देखेपछि। ड्राइभरले टाउको भित्र, टाउको भित्र भनेर कराए । यसको मत्लव सिधै बुझिन्थ्यो। टाउको बाहिर निकालेर यात्रा गर्दा ट्राफिकले केहि भन्दारहेछन।
अचम्म लाग्यो। टाउको लाई मात्रै कति सुरक्षा गर्दा रहेछ्न। टाउकोले मात्र ट्राफिकको नियमलाई वेवास्ता गरेको रहेछ। मेरो मनले यस्तै कुरालाई लिएर ड्राइभरको अनुरोधको खिल्ली उडाइरहेको थियो। चुच्चेपाटी देखी केएल टावरसम्म ड्राइभरले जानकारी गराइसकेका थिए । यो जाम हो भनेर। ड्राइभरले यो जाम भइरहेको छ भन्दा एकजना आन्टिले जामबाट कहिलै छुटकारा नपाउने भयो भनेकी थिइन । त्यो आन्टिको मुखबाट निस्केको "छुटकारा" शब्दले मलाई पुर्ण स्तब्ध बनायो। त्यहीँ छुटकारा शब्दको स्तब्धताले मलाई यो लेख लेख्न बाध्य बनायो ।
छुटकारा भनेको एक प्रकारको स्वतन्त्रता नै हो । नेपालको राजनीतिक पृष्ठभुमिलाई हेर्नु पर्दा धेरै कुराले छुटकारा पाइसकेका छ्न। पन्चायतले छुटकारा पायो प्रजातन्त्रको उदय भयो। प्रजातन्त्रले छुटकारा पायो गणतन्त्रको उदय भयो। उसो त राजाले छुटकारा पाए राष्ट्रपतिको उदय भयो। यि सबै परिवर्तनहरु देश विकास र जनताको भलाइका निम्ती भएका थिय । जनताको हितको निम्ती भएका थिए । यि सबै परिवर्तनको मुख्य एजेन्डा भनेको विकासोन्मुख देश नेपाललाई विकसित देश नेपाल बनाउने हुन्थ्यो। अनि गरिविको रेखामुनि रहेका हरेक नेपालीलाई गरिविपनबाट छुटकारा गर्ने हुन्थ्यो। तर अवसोच त्यो हुन कहिलै सकेन। अहिले पनि सकिरहेको छैन।
अझै सम्म पनि नेपालीहरु छुटकाराको प्रतीक्षामा छन। स्वदेशमा रोजगारी पाए विदेशबाट छुटकारा पाइ स्वदेसमै आफ्ना आफन्तहरुसंग बस्न चाहन्छ्न। आफ्नै घर आगनमा रमाउन चाहन्छन । आफ्नै देशको माटोमा लडिबुडि खेल्न चाहन्छन। आफ्नै बालबच्चासंग बस्न चाहन्छन । सडकको राम्रो व्यवस्थापन गरि राजधानीका सवारीसाधनहरु जामबाट छुटकारा पाइ विनाजाम गुड्न चाहान्छन । यात्रीहरु समयमा आफ्नो कार्यलय पुग्न चाहन्छन । यात्रीहरु समयमा घर पुग्न चाहन्छन। बालबच्चाहरु समयमा स्कुलमा पुग्न चाहन्छन । विरामीहरु समयमा अस्पतालमा पुग्न चाहन्छ्न। समस्याको समाधान "नेपाल बन्द" बाट हुन्छ भन्ने भ्रम फैलिएको छ। यो "नेपाल बन्द"बाट पनि छुटकारा पाइ नेपाल बन्दै छ भन्ने सुसमाचार सुन्न चाहन्छ्न। कर्णालीका बसिन्दा भोकमारी र महंगीबाट छुटकारा चाहान्छन। तराईका बासिन्दा सितलहरबाट छुटकारा पाइ राम्रो उपचार चाहन्छ्न ।
यि सबै समस्याबाट नेपालीहरु कहिले छुटकारा पाउछन?

No comments:
Post a Comment
Thanks !!