जीवन हो । माया लाग्छ । घिर्णा जाग्छ । रिस उठ्छ । डाहा लाग्छ । पीडाले मन कटक्क काट्छ । विरामी पर्छ । सफल हुन्छ । असफल हुन्छ । हरेक हुन्छ । अनेक हुन्छ भन्ने थाहा हुदाहुदै पनि मनोबल कमजोर पारिदिन्छ मनुष्य । थोपा थोपाबाट खोला अनि खोला खोलाबाट समुन्द्र बन्छ भन्ने कुरा भुसुक्क बिर्सन्छ मनुष्य । आफुमा भएको कमजोरी विस्थापित हुन्न भन्ने कुरामा अडिन छ मनुष्य, किनकी कुकुरको पुच्छर बाह्र बर्षसम्म बांगो हुन्छ भन्ने कुरामा विशोस्त छ मनुश्य। कमिलाको ताती भन्दा बेसि मनमा कुरा खेलाउछ तर अपरिचित जिवित शरीरको अगाडि पार्षिक शरीर बनिदिन्छ मनुष्य । मनमा भएका आनाकानीलाई गलाबाट बन्धक बनाउछ मनुष्य । त्यैपनी यो संसारमा आफ्नो जिवित अस्तित्व जोगाउन हर्दम प्रयत्नशील छ मनुष्य ।
कहिले विशाल सपनाको कल्पनामा ब्यस्त हुन्छ मनुष्य । तिनै सपनालाई न्यानो सिरकमुनी सिमित भएकोमा निराश छ मनुष्य । फेरि सपना देख्नु स्वभाविक हो भनी आफै चित्त बुझाउछ मनुष्य । कहिले स सनो कुरामा खुसी मिल्छ भन्दै प्रवचन दिदै हिड्छ मनुष्य । कहिले आफ्नो वृहत् आम्दानीमा पनि कर चल गर्न पुग्छ मनुष्य । कहिले अरुलाइ पढ्नु पर्छ भनी मुठ्ठी कस्छ मनुष्य । कहिले आफै पढाईमा बारबार असफल हुन्च मनुष्य । लोभले लाभ लाभले विलाभ भन्ने कुरामा एकिन छ मनुष्य , तरपनी आफ्नो रोजाइ पूरा गर्न जस्तो कठिन परिस्थिती पनि स्विकार्नु उत्तम ठान्छ मनुष्य । रोजाईको बस्तु नपाउदा भिजेको मुर्गी जस्तै बन्च मनुष्य । त्यैपनी यो संसारमा आफ्नो जिवित अस्तित्व जोगाउन हरदम प्रयत्नशील छ मनुष्य ।
जय मनुष्य ।।

No comments:
Post a Comment
Thanks !!