आफ्नै स्वभाव देख्दा म अचम्मित छु । आफू चिटिक्क परेको आफैलाई शरममय बोध हुन्छ । लजाउनुको पनि सिमा हुन्छ, तर म असिमित लजाउछु । जसमा सिमा नै हुदैन । कसैसँग बोल्नु भन्दा मुसुक्क एक मुस्कान नै काफी ठान्छु । धेरै लजाए मुस्कान प्रस्फुटन हुन्छन । शब्द भने शायदै निक्सन्छन । म त्यस्तै छु । शब्दहिन बन्छु । बोलिमा दम देख्दिन । दमविनाको बोलीमा म खास्सै अर्थ भेट्दिन । अनि जनाजान म आवाजलाई घटाइदिन्छु ।
ओठ मुख र जिब्रोहरुलाई नियन्त्रण गरि निशब्द बन्न खस्सै गार्हो छैन । झरी सकेका आसुलाई पुज्न खास्सै गार्हो छैन । गाह्रो त त्यहीँनेर छ । जहाँ अनगिन्ती शब्दहरु उत्पादन हुन्छन त्यहाँ उत्पादकत्वमा ह्रास ल्याउन गाह्रो छ । विभित कारणवस रसाउने आँखाहरुलाई मजबुत बनाइ रसहिन पार्न गाह्रो छ । बगेको खोलालाई पर्काउन गाह्रो छैन तर ढल्केको उमेरलाई फर्काउन गाह्रो छ । पिजडाबाट उडेको जंगली चरी फर्काउन गार्हो छ । म असम्भव कुरालाई सम्भव बनाउन खोज्छु । असम्भव कुरा कुनै हालतमा पनि सम्भव हुदैनन् त्यसैले म असफल बन्छु । त्यसैले म लाजनिहित बन्छु । अनि आफ्नै मुख बन्द गर्न योग्य ठान्छु ।
म सानोमा हुँदा खेलौनामा गुलेली मेरो प्रथम रोजाइ हुन्थ्यो । गाउँमा दुईचार जना आफैंसंग मन मिल्ने, कुरो मिल्ने, उमेर मिल्ने साथीहरू बटुलिन्थ्यो । घरको आसपासमा भएको जंगल धाइन्थ्यो । सकेसम्म लाग्ने गरि चराहरु गुलेलीको निसानामा ताकिइन्थ्यो । तर त्यतिखेर म शब्दहीन थिइन । त्यतिखेर म पिजडाबाट फुत्केको जंगली चरिको सफलतालाई चिन्दैन थिए । गुलेलिको तेजिलो गोलिबाट बचेको चराको ढुकढुकीको मापन गर्न सक्दैन थिए । किन कि म सानो बच्चा थिए । मेरो मुटुमा बच्चापन अधिक थियो । बच्चाबच्चिहरु भगवानका रुप हुन । तर म आफुलाई त्यो रुप ठान्दिन । किनकी म बच्चामा एकदम स्वार्थी थिए। जे पाम आफै खाम भन्ने स्वभाव म मा प्रयाप्त थियो ।
उमेर बढ्दै गयो । मन बददिदै गयो । काधमा जिम्मेवारी थपिन थाले । जसै जिम्मेवारी थपिए । म एक्कासि थलिए । बच्चामा भएको स्वार्थपन हटाउनु पर्ने बाध्यता आइलाग्यो । किनकी जवानिमा स्वार्थीलाई श्वास फेर्न सजिलो छैन । पानी पिउन सजिलो छैन। खाना खान सजिलो छैन । दुईछाक टार्न सजिलो छैन । अल्पकालीन समयको लागि हुन सक्छ तर दीर्घकालीन समय पार गर्न स्वार्थवादलाई नर्कमा बिदाइ नगरी सुख छैन । त्यै भएर मैले मेरो स्वार्थत्वलाई बलि चढाए । जति सक्दो इनाम्दारिदाको खोल भिर्न खोजे । आफुलाइ जतिसक्दो आज्ञाकारी बनाउन खोजे । आज्ञाकारीताको नियममा भरपुर अनुबन्धित हुन थाले । मलाई समय र परिस्थिति प्रयावाची शब्द लाग्छ्न । यी दुइटै शब्दले मान्छेको यथास्थितिलाई अंगभंग पार्दिन्छन । हास्ने मान्छेलाई रुने बनाइ दिन्छन । रुने मान्छेलाई हास्ने बनाइ दिन्छन् । गरिबलाई धनी बनाइ दिन्छन् । धनीलाई गरिब बनाइ दिन्छन । सज्जनलाई निर्जन बनाइ दिन्छन । निर्जनलाई सज्जन बनाइ दिन्छन् । शव्यलाई अशव्य बनाइ दिन्छन । अशव्यलाई शव्य बनाइ दिन्छन । जे होस मान्छेलाई सकारात्मक या नकारात्मक एक परिवर्तन गराउछन ।
समय र परिस्थितिले मलाई पनि परिवर्तन गराए । कुनैपनी मान्छेले आफुले गरेको गल्ती सहजै स्वीकार गर्दैन । आफूलाई सदा अब्बल सम्झन्छ । माथिल्लो अनुच्छेदमा मैले पनि त्यस्तै लेखे । आफ्नो अब्बलतालाई झल्काउन इनामदरितात्मक परिवर्तन देखए । वास्तवमा मेरो परिवर्तन के हो ? म आफै अन्योलमा छु । म आफुले आफैलाई प्रश्न गरिरहेछु । भित्रभित्रै हर प्रश्नहरुले गुज्रिएको छु । प्रश्नहरुको ठ्याक्कै मेल खाने, सुहाउने उत्तर भेटिरहेकै छैन । प्रश्नहरू यस प्रकारका रहेका छन । म को हु ? म कहाँ छु ? म केका लागि जन्मिएको हु ? मेरो कला के हो <? म के सम्म गर्न सक्छु ? साथीहरूको नजरमा म कस्तो छु ? मेरो लक्ष्य केहो ? मेरो सफलता केहो ? मेरो कमजोरी के हो ? मेरो क्षमता केहो ? मेरो दुर्बलता केहो ? मेरो कर्म केहो ? मेरो स्तर के हो ? मेरो पेशा केहो ?
No comments:
Post a Comment
Thanks !!