Wednesday, July 24, 2024

Pilot sole survivor of Nepal plane crash that killed 18

 

At least 18 people were killed after a small plane skidded off the runway in Nepal’s capital Kathmandu on Wednesday, local officials said.

The aircraft crashed during takeoff from Kathmandu to the city of Pokhara around 11 a.m. local time. The plane was en route for technical maintenance, he added.

“Rescue efforts were started immediately and the situation was brought under control,” the aviation authority said.



Monday, June 19, 2023

Fans Brutally troll Adipurush movie call it “ Big Disappointment”

 

Prabhas and Kriti Sanon realesed Adipurush Movier on Jun 15th  in Ayodhya. People are disappointed and furious after watching the Movie.

Even since Prabhas became a pan-India star post success of Baahubali, there’s always been a huge hype around his films. People eagerly wait to see their favourite star on-screen. Similarly, fans had high hopes for Prabhas’s upcoming movie Adipurush which is based on the epic Hindi mythology Ramayana. The makers organised a big event in Ayodhya to launch Adipurush teaser. Director Om Raut along with actors Prabhas and Kriti Sanon reached Lord Ram’s birth city to seek his blessings and launch the film’s teaser.

However, Adipurush teaser has turned out to be a big disappointment. It is so bad that even the word ‘disappointed’ is trending on Twitter today. From unconvincing VFX to Saif Ali Khan’s ‘Islamic’ look, there are ample things in the short teaser that will force the audience to not watch the film.

Fans on Twitter have called it “Worst Level VFX” and even compared it to the popular “Temple Run” game.





Monday, December 26, 2022

Formation of 8-member cabinet led by Dahal

 Kathmandu - On the recommendation of Prime Minister Pushpa Kamal Dahal, President Bidya Devi Bhandari has formed an 8-member cabinet. President Bhandari administered oath to Prime Minister Dahal, 3 Deputy Prime Ministers and 4 Ministers at Sheetal Niwas on Monday.





Thursday, December 22, 2022

Lionel Messi win the world cup 2022 trophy.

Lionel Messi lifted the World Cup in a mysterious black cloak, with FIFA president Gianni Infantino insisting the 35-year-old should wear it.

Messi later took the cloak off during the celebrations but covered his Argentina shirt in the semi-translucent clothing item, in a strange twist to the trophy lift. 

Never before has a player been made to wear something different while lifting the trophy, with Gary Lineker on the BBC coverage stating that it was a shame that he had to cover the Albiceleste jersey to lift the trophy.



Thursday, July 21, 2022

Good Morning ! July 22, 2022

हर कुरामा मुनाफा गर्न खोज्दा खोज्दै हाम्रो आफ्नै उमेर नोक्सान तिर दौडदै छ । दिनहरु घड्दैछन ।


"आखिर जुन स्थितिमा आयौ त्यै स्थितिमा जानुपर्छ"


अब केका लागि धेरै सोच्नु ??

#शुभ_प्रभात 

#goodmorning


Friday, July 15, 2022

साउने संक्रान्ति शुभ कामना !!

 विक्रम संवत् पात्रो अनुसार जुलाई महिनाको पहिलो दिनलाई साउन संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार शौन संक्रान्तिबाट सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशिलाई असर गर्छ तर सूर्यको कर्कट राशि (सौने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ। यस दिन सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धमा प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुने जनविश्वास छ । यद्यपि, प्रत्यक्ष सूर्योदय र सूर्यास्त बीचको समयलाई दिन भनिन्छ। उत्तरायण सबैभन्दा छोटो दिनबाट सुरु हुन्छ र सबैभन्दा लामो दिनबाट दक्षिणायन सुरु हुन्छ भन्ने कुरा पनि विज्ञान र शास्त्रको विषय हो । यसरी हेर्दा असार ७ गतेदेखि दिन छोटो र पौष ७ गतेदेखि दिन लामो हुँदै गएको प्रमाणित हुन्छ । असार महिनामा नेपाली विशेषगरी हिन्दू धर्मसँग सम्बन्धित परम्परागत चाडपर्वहरू समावेश हुने बताइएको छ । आजदेखि नेपालभर स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यहरू सुरु हुन्छन्। हिन्दू धर्मका अनुसार सूर्य दक्षिणमा हुँदा देवताको रात र पितृको दिन हुने भएकाले हिन्दू धर्मावलम्बीले असार महिनादेखि पितृकार्य आरम्भ गर्ने चलन छ । वर्षायाममा संक्रान्तिको दिन हिलोबाट लाग्ने रोगबाट बच्न माटो फाल्ने चलन छ । फलफुल चढाएर कंदारक नामक राक्षसको पूजा गर्नाले दाद, दाँत, घाँटी लगायत छालाको रोगबाट बच्ने जनविश्वास रहेको छ । विवाहित महिलाले संक्रान्तिदेखि संक्रान्तिसम्म शुभको प्रतीक लुगा लगाएर साउन महिनाको हरेक सोमबार व्रत बसी भगवान शिवको पूजा गर्छन् ।

Saturday, July 9, 2022

Eid Mubarak! ईद मुबारक!

 ईद-उल-अधाको शुभ अवसरमा तपाईं र तपाईंको परिवारलाई धेरै माया र शुभकामना पठाउँदै। अल्लाहले तपाईको जीवनलाई राम्रो स्वास्थ्य र खुशीका पलहरूले भरिदिऊन्। ईद मुबारक!

Sending lots of love and good wishes to you and your family on the auspicious occasion of Eid-ul-Adha. May Allah fill your life with good health and happy moments. Eid Mubarak!

ईद-उल-अजहा के पावन अवसर पर आपको और आपके परिवार को ढेर सारा प्यार और शुभकामनाएँ भेजना। अल्लाह आपके जीवन को अच्छे स्वास्थ्य और खुशी के पलों से भर दे। ईद मुबारक!


Monday, June 1, 2020

प्रेम पत्र !!

पृय.....
सपनाहरू यथार्थपरक हुन्छन् । हामी भित्री आत्मा देखि नै जे चाहन्छौं त्यो छर्पष्ट सपनामा देख्छौ । हामी जे छर्पष्ट देख्छौ त्यो सपनामा बुन्छौ ।  अनि त्यो सपानाले हाम्रो सारा शरीरमा एकतमास राज गर्छ ।  उक्त बुनेका सपनाहरू पूरा गर्न हामी संघर्षरत हुन्छौ । पूरा नहुदा सम्म भैरहन्छौ । संघर्षका क्रममा हुने अनगिन्ती कठिनाइहरुको सामना गर्छौ । सामना गर्ने क्रममा हामी थकाइ महसुस गर्छौ । गाह्रो महसुस गर्छौ । तर पनि आफुने बुनेका सपनाहरू प्रति कटिबद्ध हुन हरदम कोसिस गर्छौ ।

हर कोसिसलाई सकारात्मक नतिजामय बनाउन चाहन्छौं । त्यही नतिजामा आफ्नो सपनाहरू साकार भए पश्चात् हुने सन्तुष्टिमा रमाउन चाहन्छौं ।  उक्त सन्तुष्टिको परिकल्पना पहिल्यै गरिसकेका हुन्छौं  । परिकल्पनालाई आफ्नै सामुन्ने कल्पना बनेको पल कति रमाइलो हुदो हो ? 
म त्यही कल्पनाका पलहरु स्पर्श गर्न चुके । कोसिसलाई  नतिजामय बनाउन सकिन । म माफी चहान्छु । 

Wednesday, May 27, 2020

पश्चिम् रुकुमको घटना !!

समाजमा हरदिन केहि न केहि घटना हुन्छन । जसमा कुनै घटनाहरु सुन्दा पनि मन सिरिगं बनाउछन । मिति २०७७ जेठ १० गते पश्चिम रुकुम भएको घटनाले आज सारा मुलुक स्तम्भ छ । उक्त घटनाको खण्डन हुने क्रम सामाजिक संजालहरुमा तिव्र छ ।

मानिसहरुले विभिन्न तरिकाले खण्डन गरिरहेका छन । कसैले जातिय विभेदको प्रराकाष्ट भनेका छन । कसेैले गुण्डा सैलिको हुलको प्रतिकार भनेका छन । कसैले केटीको उमेर १७ वर्ष भन्दा कम अथवा विहे गर्ने उमेर नपुगेको भनेका छन ।

यी घटना पछि हुने आम सर्बसाधरणहरुको आक्रोश वा टिका टिप्पणीहरु मात्र हुन । यस्ता घटनाहरु राष्ट्रको सुरक्षा निकाय माथीेको नकरात्मक कटाक्ष मान्नुपर्छ । यदि कसैले गरेको गल्तिको दण्ड स्वंम सर्वसाधरणले गर्नु राम्रो पक्कै होइन ।

निष्पक्ष छानबिन होस । मृतक आत्माहरु प्रति हार्दिक श्रद्धान्जली ।।


आज फेरी ठुलो सानो जात देखिँदैछ 

दलित लाई खुवाएको लात देखिदैछ।

मानिस दिलले ठुलो जातले हुन्नभनेपनि 

अझैं फेरी हत्या गर्ने औकात देखिनदैछ।

घटना क्रम राम्रो सङ्ग बुझ्ने हो भनेपछी 

यहाँ पनि ठुलाबडाकै हात देखिदैछ।

#Rukum_case

#अन्तरजातीय_प्रेमसम्बन्ध😥😥 Copied from 👉️https://t.co/ybA5x6kMtt



 

Wednesday, May 6, 2020

बुद्ध जयन्ती !!

बुद्धत्व
बुझत्व
असलत्वले भरिपुर्ण तपाइँ 
मनमा राखेन्यौ कहिले मपाइ
अरुको भलाई नै तपाइँको रोजाइ 
त्यसैले हे बुद्ध आउ एकचोटि फेरि 
यो दुनियाँलाई गरिदेउ सफाइ 

मुखमा बुद्धत्वको बास
तर पनि कुकर्मको वृहत् आश
आजकाल भए सबै जाली अधर्मी 
त्यसैले हे बुद्ध आउ एकचोटि फेरि 
यो दुनियाँलाई गरिदेउ सफाइ ,

तिम्रो गरिमा अक्षरमा पढिन्छ 
तिम्रो महान्ताको सम्मान पनि गरिन्छ
 उत्प्रेणाको आभास पनि गरिन्छ
तर सैद्धान्तिक रुपमा
केवल मीठो मुखको गरिमामा
त्यसैले हे बुद्ध आउ एकचोटि फेरि 
यो दुनियाँलाई गरिदेउ सफाइ ,

एकचोटि आउ 
यो दुनियाँको मुल्यांकन गरिदेउ,
श्रीसम्पती,
बा-आमा
नातागोता
आफन्त 
जीवजन्तू 
बनस्पति, चरा चमेराको महत्त्व बुझैदेउ
त्यसैले  बुद्ध आउ एकचोटि फेरि 
यो दुनियाँलाई गरिदेउ सफाइ ।

#मेरो_विनम्रानुरोध
#जय बुद्ध जयन्ती !!
photo source: Google


Tuesday, May 5, 2020

परजीवीहरु

यो विशाल हृदयमा,
 आलु झै लटरम्म फलेका  सपनाहरु 
यो विशाल मनले योजना बुनेका
विविध सपना साबित गराउन खोज्दै,
सासका फोकाहरुमा परजीवीहरु

शुक्ल शुक्क रुदै,
अरुले नदेख्ने गरि आशुका डल्ला पुझ्दै ,
मोतिका डल्ला टिप्ने लालचमा
दुरदराजमा भौतारिएर
आफूलाई  व्यस्त राख्न खोज्दै, परजीवीहरु 

सासको महत्त्व बुझ्छन् तर,
सासको आयु अड्कल गर्दैनन्  
जब सासले साथ छोडी 
सजिवहरुलाई निर्जीव बनाउन खोज्छ,
अनि स्तम्भ हुन्छन् परजीवीहरु

अन्तिम सासको फोकासंग
एउटै गुनासो फतफताउछ्न 
सासले साथ छोड्नु पुर्व 
आर्जेका मोतिका डल्लाको लोभ भन्दा,
सन्तान मुहान सुम्सुम्याउन लालायित हुन्छन, परजीवीहरु

नोट- हामी जन्मै देखी परजीवी छौ !!





Monday, May 4, 2020

अधबैंसे हृदय !!

यो अधबैंसे मनको वा
जलन्त हृदयको कुनामा
लुकेका अनगिन्ती रहरहरु, 
अनि मौसमी तथा बेमौसमी सपनाहरु

अधबैंसे जोशसंगै
छाटिएको रुप संगै
पुरुषत्व जुगांको मैदानसंगै 
नारित्व स्तनको हिमालसंगै

यस्तैयस्तै नयाँ नयाँ  
परिवर्तनका विविध महत्वाकांक्षीहरु
रहरहरु,
भावनाहरु
योजनाहरु
विपनामा बदलिने सपनाहरु
वा सपनामै अडिने सपनाहरुको

संख्यात्मक लेखाजोखा राख्ने
गुणस्तरमापन गर्ने
यहि हो अनि मेरै आफ्नै हो
यो विशाल अधबैंसे मन ।।

फेरि,
कतै विपत सामुन्ने आउंँदा
भ्रमित तरंगहरु पैदा हुँदा 
फजुल निस्सासिन पुग्छ यो अधबैंसे मन
 आशारहित फेरि नउठ्ने गरि

तर पनि सक्रिय हुन छोड्दैनन
यो अधबैंसे मनको वा
जलन्त हृदयको कुनामा
लुकेका अनगिन्ती रहरहरु, 
अनि मौसमी तथा बेमौसमी सपनाहरु

#जय अधबैंसे मान्छेहरु# 
#Photo#Credit#Google


 


Saturday, May 2, 2020

इरफान खान । हार्दिक श्रद्धाञ्जली ।।

तुम क्या चिज है ।
हमेसा लोगो कें दीलमे राज कर्नेवाला 
तुमारा नामका क्या उल्लेख करु में ?
तुम हम्को रुलाकर ईश्वरकें पास विराजमान कर्नेवाला ।

आसमान मेँ इश्वर जमिनमें इरफान 
क्या धुम मच्चकर राख्थेथ्ये 
ओ आक्टिङ कें दुनियाँमेँ
तुम आसानीसे हाम्को छोड्कर क्यु चलिगए ??
तुम हम्को रुलाकर ईश्वरकें पास विराजमान कर्नेवाला ।

#हार्दिक श्रद्धाञ्जली !!


Monday, January 6, 2020

चिया !!

पार्दैन, सालिन र शान्ति
अपर्याप्त भोजनले
सल्बलाएको भुडि
त्यैपनि, काफी छ
एक चुस्की चिया
छर्दैन शितन, भर्दैन प्यास
प्रचण्ड गर्मीमा
तिर्खाएको गलामा
त्यैपनी काफी छ
एक चुस्की चिया
रंग विभेदात्मक छ
कालो चिया, सेतो चिया
मोल विभेदा छ पाँच रुप्या घटिबढि
त्यैपनी काफी छ
एक चुस्की चिया
विश्राम गराउछ
साथीत्वा दर्साउछ ,
आत्मीयता बढाउछ
त्यसैले महान छ
एक चुस्की चिया ।
#CLZ_DAIRY

छ्याता जिन्दगी !!

झरीमा न लत्पतिएकी परि
फिरंगी छाताको घुमाउरो डन्डी
एकलव्य गन्तव्य, साथमा उर्जा
घुमाउरा उकाली ओराली
अनि बेमौसमी झरी
झरिमा न लत्पतिएकी परि ।
कस्तो बैमानी ,त्यो झरी
अनि झरिमा,
रक्षाको प्रत्याभूत गराउने
फिरंगी रंगी त्यो छ्याता
छ्याता भित्र गुम्सिएकी परि !
सुन्दर त छे,
श्रमता मित्रता थाहा छैन
आत्मीयता, मायाममता नि थाहा छैन

स्वभाव

आफ्नै स्वभाव देख्दा म अचम्मित छु । आफू चिटिक्क परेको आफैलाई शरममय बोध हुन्छ । लजाउनुको पनि सिमा हुन्छ, तर म असिमित लजाउछु । जसमा सिमा नै हुदैन । कसैसँग बोल्नु भन्दा मुसुक्क एक मुस्कान नै काफी ठान्छु । धेरै लजाए मुस्कान प्रस्फुटन हुन्छन । शब्द भने शायदै निक्सन्छन । म त्यस्तै छु । शब्दहिन बन्छु । बोलिमा दम देख्दिन । दमविनाको बोलीमा म खास्सै अर्थ भेट्दिन । अनि जनाजान म आवाजलाई घटाइदिन्छु । 
ओठ मुख र जिब्रोहरुलाई नियन्त्रण गरि निशब्द बन्न खस्सै गार्हो छैन ।  झरी सकेका आसुलाई पुज्न खास्सै गार्हो छैन ।  गाह्रो त त्यहीँनेर छ । जहाँ अनगिन्ती शब्दहरु उत्पादन हुन्छन त्यहाँ उत्पादकत्वमा ह्रास ल्याउन गाह्रो छ । विभित कारणवस रसाउने आँखाहरुलाई मजबुत बनाइ रसहिन पार्न गाह्रो छ । बगेको खोलालाई पर्काउन गाह्रो छैन तर ढल्केको उमेरलाई फर्काउन गाह्रो छ । पिजडाबाट उडेको जंगली चरी फर्काउन गार्हो छ । म असम्भव कुरालाई सम्भव बनाउन खोज्छु । असम्भव कुरा कुनै हालतमा पनि सम्भव हुदैनन् त्यसैले म असफल बन्छु । त्यसैले म लाजनिहित बन्छु । अनि आफ्नै मुख बन्द गर्न योग्य ठान्छु ।
म सानोमा हुँदा खेलौनामा गुलेली मेरो प्रथम रोजाइ हुन्थ्यो । गाउँमा दुईचार जना आफैंसंग मन मिल्ने, कुरो मिल्ने, उमेर मिल्ने साथीहरू बटुलिन्थ्यो । घरको आसपासमा भएको जंगल धाइन्थ्यो । सकेसम्म लाग्ने गरि चराहरु गुलेलीको निसानामा ताकिइन्थ्यो । तर त्यतिखेर म शब्दहीन थिइन ।  त्यतिखेर म पिजडाबाट फुत्केको जंगली चरिको सफलतालाई चिन्दैन थिए । गुलेलिको तेजिलो गोलिबाट बचेको चराको ढुकढुकीको मापन गर्न सक्दैन थिए । किन कि म सानो बच्चा थिए । मेरो मुटुमा बच्चापन अधिक थियो । बच्चाबच्चिहरु भगवानका रुप हुन । तर म आफुलाई त्यो रुप ठान्दिन । किनकी म बच्चामा एकदम स्वार्थी थिए। जे पाम आफै खाम भन्ने स्वभाव म मा प्रयाप्त थियो ।
उमेर बढ्दै गयो । मन बददिदै गयो । काधमा जिम्मेवारी थपिन थाले । जसै जिम्मेवारी थपिए । म एक्कासि थलिए । बच्चामा भएको स्वार्थपन हटाउनु पर्ने बाध्यता आइलाग्यो । किनकी जवानिमा स्वार्थीलाई श्वास फेर्न सजिलो छैन । पानी पिउन सजिलो छैन। खाना खान सजिलो छैन । दुईछाक टार्न सजिलो छैन । अल्पकालीन समयको लागि हुन सक्छ तर दीर्घकालीन समय पार गर्न स्वार्थवादलाई नर्कमा बिदाइ नगरी सुख छैन । त्यै भएर मैले मेरो स्वार्थत्वलाई बलि चढाए । जति सक्दो इनाम्दारिदाको खोल भिर्न खोजे । आफुलाइ जतिसक्दो आज्ञाकारी बनाउन खोजे । आज्ञाकारीताको नियममा भरपुर  अनुबन्धित हुन थाले । मलाई समय र परिस्थिति प्रयावाची शब्द लाग्छ्न । यी दुइटै शब्दले मान्छेको यथास्थितिलाई अंगभंग पार्दिन्छन । हास्ने मान्छेलाई रुने बनाइ दिन्छन । रुने मान्छेलाई हास्ने बनाइ दिन्छन् । गरिबलाई धनी बनाइ दिन्छन् । धनीलाई गरिब बनाइ दिन्छन । सज्जनलाई निर्जन बनाइ दिन्छन । निर्जनलाई सज्जन बनाइ दिन्छन् । शव्यलाई अशव्य बनाइ दिन्छन । अशव्यलाई शव्य बनाइ दिन्छन । जे होस मान्छेलाई सकारात्मक या नकारात्मक एक परिवर्तन गराउछन ।
समय र परिस्थितिले मलाई पनि परिवर्तन गराए । कुनैपनी मान्छेले आफुले गरेको गल्ती सहजै स्वीकार गर्दैन । आफूलाई सदा अब्बल सम्झन्छ । माथिल्लो अनुच्छेदमा मैले पनि त्यस्तै लेखे । आफ्नो अब्बलतालाई झल्काउन इनामदरितात्मक परिवर्तन देखए । वास्तवमा मेरो परिवर्तन के हो ? म आफै अन्योलमा छु । म आफुले आफैलाई प्रश्न गरिरहेछु । भित्रभित्रै हर प्रश्नहरुले गुज्रिएको छु । प्रश्नहरुको ठ्याक्कै मेल खाने, सुहाउने उत्तर भेटिरहेकै छैन । प्रश्नहरू यस प्रकारका रहेका छन । म को हु ?  म कहाँ छु ?  म केका लागि जन्मिएको हु ? मेरो कला के हो <? म के सम्म गर्न सक्छु ?  साथीहरूको नजरमा म कस्तो छु ? मेरो लक्ष्य केहो ? मेरो सफलता केहो ? मेरो कमजोरी  के हो ? मेरो क्षमता केहो ? मेरो दुर्बलता केहो ? मेरो कर्म केहो ? मेरो स्तर के हो ? मेरो पेशा केहो ?






Sunday, November 4, 2018

जय मनुष्य !!

जीवन हो । माया लाग्छ । घिर्णा जाग्छ । रिस उठ्छ । डाहा लाग्छ । पीडाले मन कटक्क काट्छ ।  विरामी पर्छ । सफल हुन्छ । असफल हुन्छ । हरेक हुन्छ । अनेक हुन्छ भन्ने थाहा हुदाहुदै पनि मनोबल कमजोर पारिदिन्छ मनुष्य । थोपा थोपाबाट खोला अनि खोला खोलाबाट समुन्द्र बन्छ भन्ने कुरा भुसुक्क बिर्सन्छ  मनुष्य । आफुमा भएको कमजोरी विस्थापित हुन्न भन्ने कुरामा अडिन छ मनुष्य, किनकी कुकुरको पुच्छर बाह्र बर्षसम्म बांगो हुन्छ भन्ने कुरामा विशोस्त छ मनुश्य। कमिलाको ताती भन्दा बेसि मनमा कुरा खेलाउछ तर अपरिचित जिवित शरीरको अगाडि पार्षिक शरीर बनिदिन्छ मनुष्य । मनमा भएका आनाकानीलाई गलाबाट बन्धक बनाउछ मनुष्य । त्यैपनी यो संसारमा आफ्नो जिवित अस्तित्व जोगाउन हर्दम प्रयत्नशील छ मनुष्य ।

कहिले विशाल सपनाको कल्पनामा ब्यस्त हुन्छ मनुष्य । तिनै सपनालाई न्यानो सिरकमुनी सिमित भएकोमा निराश छ मनुष्य । फेरि सपना देख्नु स्वभाविक हो भनी आफै चित्त बुझाउछ मनुष्य । कहिले स सनो कुरामा खुसी मिल्छ भन्दै प्रवचन दिदै हिड्छ मनुष्य । कहिले आफ्नो वृहत् आम्दानीमा पनि कर चल गर्न पुग्छ मनुष्य । कहिले अरुलाइ पढ्नु पर्छ भनी मुठ्ठी कस्छ मनुष्य । कहिले आफै पढाईमा बारबार असफल हुन्च मनुष्य । लोभले लाभ लाभले विलाभ भन्ने कुरामा एकिन छ मनुष्य , तरपनी आफ्नो रोजाइ  पूरा गर्न जस्तो कठिन परिस्थिती पनि स्विकार्नु उत्तम ठान्छ मनुष्य । रोजाईको बस्तु नपाउदा भिजेको मुर्गी जस्तै बन्च मनुष्य । त्यैपनी यो संसारमा आफ्नो जिवित अस्तित्व जोगाउन हरदम प्रयत्नशील छ मनुष्य ।

जय मनुष्य ।।



Friday, April 13, 2018

सबैमा नयाँ वर्षको कामना !!


सन्तुष्ट मन,
स्वादिष्ट परिकार
सुनौलो खबर, दृश्य  सुन्दर 
सहयोगी व्यक्ति, आनन्दित शान्ति
जागोस् सबैमा
नयाँ वर्षको कामना !


रमाइला ,
फिरंगी यात्रा हरु
कौतुहल्ता बोकेका नतिजाहरु
मनमा कुर्लिएका सपनाहरु
अविर खर्च गराउने हेतुले
इतिहास बनी प्रस्फुटन भइ
बाहिर उर्लिउन सबैमा
नयाँ वर्षको कामना !

शुभ आगमन ,
प्रफुल्ल मन, विशिष्ट सान
आत्मा विस्वासको ,
बलियो, चमत्कारुक्क्त आट
मुहारमा  प्रकाशुक्त्त मुस्कान,
छाओस सबैमा,
नयाँ वर्षको कामना !

अनि,
अप्ठेरोमा, विपतमा
आपत बहन गर्ने, सहन गर्ने
समस्या सुल्झाउन सक्ने,
अद्भुत क्षमाता, नजरमा निडर्ता
आओस सबैमा
नयाँ वर्षको कामना !

समाजप्रति,
विना विकृतिको संस्कृति
राष्ट्रियता प्रती गम्भीर स्वाभिमान
मातापिताप्रति विनम्र सम्मान
आफन्तप्रति भरोसा-आशाको,
दियोमा तेल थप्ने सामर्थ्य ,
प्रकटहोस सबैमा
नयाँ वर्षको कामना !

फेरि एक पटक सबैमा
नयाँ वर्षको कामना !!


Tuesday, November 7, 2017

!!भविष्यका बीउ विद्यार्थी !!

  
नेपाल कृषिप्रधान देश भएकालेे हामी सबैलाई बिउँको बारेमा पुर्ण ज्ञान छ ! बीउ जोगाउनु मात्र ठुलो कुरा ठान्दैनौँ । राम्रो बिउको उत्पादन गरि उत्पादकत्वमा उत्कृष्ट  परिवर्तन ल्याउन चहान्छौँ । त्यसमा किसिम किसिमका प्रङ्गारिक,रासायनिक मलको जगेडा गरेर राम्रो गर्छौ पनि ! त्यस्तै हाम्रो देश नेपालको शिक्षाप्रणालीको बारेमा भन्नुपर्दा ठिक विपरीत छ। हामी विधार्थीहरु पनि भविष्यमा राष्ट्र निर्माणका लागि चाहिने अत्यावश्यक बीउ हौं । तर यहाँ हामीलाई पढ्नलाई सहजता महसुस भएको छैन । सामन्य सुविधा उपलब्ध भएका छैनन । लोडसेडिङको मारबाट उम्कन सकेका छैनौ । अझ हुम्ला जस्ता विकट  छेत्रमा त एक विद्यार्थी एक सेट किताब भएको रेकर्ड नै हुदैन। त्यसैले नेपालको शिक्षा गतिविधिमा सुधार ल्याइ पढ्नमा हामी  विद्यार्थीलाई सहजीकरणको व्यवस्था होस । बिउ अनुसारको फल विद्यार्थी अनुसारको राष्ट्रको भविष्य हुने भएकाले सबैको ध्यान हाल भइरहेका गतिविधिलाई सुधार्न तिर जाओस् !!
                               

Thank you for visiting.

Pilot sole survivor of Nepal plane crash that killed 18

  At least 18 people were killed after a small plane skidded off the runway in Nepal’s capital Kathmandu on Wednesday, local officials said....